धादिङमा बुधवार बाट तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

905 पटक पढिएको

सम्पादक: Dhadingnews.com

_MG_2351धादिङ -धादिङ जिल्लाको खेलकुद विकास गर्नको लागि आफुले सक्दो सहयोग गर्ने संविधानसभाका उपाध्यक्ष ओनसरी घर्ती मगरले बताउनु भएको छ । पछिल्लो समय धादिङ जिल्ला खेलकुदको क्षेत्रमा निकै अगाडि बढेको प्रति खुसि व्यक्त गर्दै उहाँले खेलाडीहरुलाई खेलेरै जिवनयापन गर्ने वातावरण बन्नुपर्नेमा जोड दिनुभयो । खेलकुदले गर्दा नेपालको शान र गौरव बढाउने भन्दै उहाँले खेलकुद क्षेत्रलाई सरकारले विषेश रुपमा हेर्नुपर्ने तर्क राख्नु भयो । बुधवार देखी धादिङबेसीमा सुरु भएको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उहाँले यस्तो कुरा बताउनु भएको हो ।
जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा बुधवारदेखी सुरु भएको प्रतियोगिता तीन दिन सम्म सन्चालन हुने छ । राष्ट्रिय खेलकुद परिषदबाट विनियोजित रकम र विभिन्न संघ–संस्थाको सहयोगमा सन्चालन हुन लागेको प्रतियोतिगामा जिल्लाभरका ३५ वटा विद्यालयको सहभागिता रहेको छ । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नारा सहित आयोजना गरिएको प्रतियोगितामा पहिलो दिन मार्सल आर्ट अन्तरगत करातेँ, तेक्वान्दोे, उसु,एथलेटिक्स, लगायतका खेलहरु सम्पन्न भएको छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने विद्यालयलाई नगद क्रमश. १५ हजार, १२ हजार, ९ हजार ट्रफि, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने जिल्ला खेलकुद विकास समिति धादिङले जनाएको छ । प्रतियोगिताको उदघाटन संविधान सभाका उपाध्यक्षवाट सम्पन्न भएको भए पनि जिल्ला खेलकुद विकास समितिले उदघाटन कार्यक्रममा राजनैतिक आस्थाका आधारमा निश्चित पत्रकारलाई मात्र आमन्त्रण गरेको जिल्लामा कृयाशिल संचारकर्मीहरुले वताएका छन ।