नयाँ वर्ष सगैं सुरु भयो भलिवल,

686 पटक पढिएको

सम्पादक: Dhadingnews.com

SAM_1511स्याङ्जा,-नेपाल तारा युवा क्लव, जगत्रदेवि ( ८ , तल्लो गल्याङ्को आयोजनामा क्लव स्तरीय भलिवल प्रतियोगिताको उद्धघाटन गरिएको छ । प्रतियोगिताको उद्धघाटन गर्दै स्याङ्जा क्षेत्र न. ३ देखि निर्वाचित सभाषद मुक्ति प्रसाद पाठकले स्थानिय खेलकुदले राष्टि??य प्रतिभा उत्पादन गर्ने हुँदा मोफसलका खेलाडिहरुको मनोवल वृद्धि गर्न सरकारले विभिन्न अवशरहरु सृजना गर्ने कार्यमा आफुले पहल
गर्ने वताउनुभयो । सविधांन निमार्ण कार्यमा आफुलाई सविधांन सभामा जनताले पेश गरेको उल्लेख गर्दै जनताको सविधांन राजेको र खाजेको निमार्णमा आफ्नो महत्वपूर्ण भूमिका प्रस्तुत गर्ने उद्धघोष गर्नुभयो ।
खेलको उद्धघाटन समारोहमा उधोग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष महेन्द्र श्रेष्ठ, गल्याङ वजार व्यवस्थापन समितिका अध्यक्ष भेमलाल अर्याल, पेलाकोट गाविस का पूर्व अध्यक्ष रामविर गुरुङ् , नेपाल मगर युवा संघ गल्याङ्का अध्यक्ष डोलु थापा मगर , समाजसेवि तथा शिक्षासेवि कोमलनाथ शर्मा , लगाएतले वोल्नुभएको थियो । करिव ३० समुहको उपस्थिती रहने उक्त खेलमा विजेताले नगद रु ४० हजार, उप विजेताले नगद रु. २० हजार , तृतिय समुहले नगद रु.१० हजार , र सान्त्वना समुहले नगद रु.५ हजार लगाएत शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल सयोंजक प्रितम गुरुङ्ले वताउनुभयो । साथै खेल अवधिभर उत्कृष्ट खेल्ने खेलाडिले नगद रु. ३ हजार प्राप्त गर्नेछन् ।
विविध सास्ंकृतिक प्रस्तुतिका साथ सम्पन्न हुने उक्त खेल आधिखोला खेल मैदानमा सन्चालन हुनेछ । उद्धघाटन समारोहको सन्चालन लक्ष्मण भुषाल र क्लवका अध्यक्ष रुक वहादुर रानाको अध्यक्षता सम्पन्न भएको थियो ।