१६ हजार अस्थायी शिक्षकको जागिर गयो

539 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, – सरकारले अस्थायी शिक्षकको म्याद थप नगरेपछि सोमबारबाट देशभरका २६ हजार अस्थायी शिक्षकको पदावधि सकिएको छ । शिक्षा नियमावलीमा अस्थायी शिक्षकको अन्तिम म्याद २०७० चैत मसान्तसम्म कायम गरिएको छ ।
शिक्षा मन्त्रालयले अस्थायी शिक्षकको म्याद सकिँदासमते मिति थप नगरेपछि अस्थायी शिक्षक नयाँ शैक्षिक सत्र २०७१ सँगै विद्यालय पढाउन जाने वा नजाने भन्ने अन्योलमा परेका छन् । सामुदायिक विद्यालयमा पढाउने अस्थायी शिक्षकको संख्या मुलुकभर माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहमा गरी झन्डै २६ हजार रहेको छ ।
अस्थायी शिक्षक संर्घष समितिका अध्यक्ष निरेन्द्र कुँवरले शिक्षा मन्त्रालयलाई अस्थायी शिक्षकको म्याद थप गर्न माग राख्दै आन्दोलन गरे पनि सुनुवाइ नगरेका कारण आफूहरुको पदावधि सकिएको बताए । ‘अस्थायी शिक्षकको म्याद थप गर्न १ सय १८ दिनदेखि रत्नपार्कमा अनशन बसेका छौं तर सरकार र राजनीतिक दलका नेताले हाम्रो मागलाई सुनुवाई नगरेका कारण सुनुवाई नगरेका कारण सोमबारदेखि जागिर गएको छ,’ कुँवरले भने भनेर  राजधानी दैनिकमा यो समाचार छापिएको छ ।