सामूदायिक वनमा ढुंगाखानी सञ्चालन

639 पटक पढिएको

सम्पादक: Dhadingnews.com

सामूदायिक वनमा ढुंगाखानी सञ्चालन
वैरेनी,वैशाख – पछिल्लो समय रोडा तथा ढुंगा, वालुवा व्यावसायिहरुको नजर वन क्षेत्र, नदी किनार, खोला वगर र सार्वजानिक जग्गामा गडेको छ । जसका कारण स्थानीयहरुले उपयोग गर्दै आएको वनजंगल, पानीघाट, मरनघाट, तिर्थस्थल, चरिचरनबाट दिनानुदिन टाढा हुनु पर्दा जीविकोपार्जन गर्न समेत धौधौ परेको छ भने आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार हनन भई खाद्य अधिकार नै संकटमा पर्न गएको छ । खेस्टे खोला सामुदायिक वन भित्र अबैध रुपमा संचालित ढुङ्गा खानीका कारण करोडौंको हानी नोक्सानी हुनुका साथै स्थानीय घांस, दाउरा र चरन क्षेत्र  गुमाएकाछन् । ढुङगा खानीका कारण सामुदायिक बन विनाश संगै २ करोड ५० लाख रुपैया खर्चमा निर्माण भई सकेको डल्टार–भल्टार खेस्टेखोला सिंचाईको नहर मासिएको छ । एसियाली विकास बैकको सहयोगमा २०६६ सालवाट सिंचाई नहर ढुङ्गाखानीले क्षती पुर्याएको स्थानीयले वताए । बैरेनी गाविस वडा नम्बर ८ को २ सय ७० घर परिवारको १ सय ८७ हेक्टर जमिनमा सिंचाई गर्न निमार्ण शुरु गरिएको नहरमा खानीवाट झरेको ढुङ्गाले नहर पुरिएर र भासिएको को स्थानीयले वताए । अबैध रुपमा संचालन भएको ढुङ्गाखानीका कारण निर्माणाधिन नहरको करिव ३ सय मिटर भन्दा बढी भाग पुरिएर छ । नहर पूर्ननिमाण नगरि पानी सञ्चालन गर्न नसिकने अवस्था आएको डल्टार भल्टार खेस्टेखोला जल उपभोक्ता समितिका अध्यक्ष मोदनाथ खतिवडाले वताए । ढुङ्गाखानी अवैध रुपमा संचालन गरेको र वन विनाश र सिंचाईका लागि निर्माण गरिएको नहरमा क्षती पुगेको जनगुनासो बढेपछि संचालकलाई पटक पटक ताकेता गरी बन्द गर्न निर्देशन दिए र अटेर गरी चलाएको थियो कार्तिकदेखि खानी वन्द हुन पुगेको बैरेनी गाविसले जनाएको छ । खानी संचालकमध्येका सामूदायिक वन उपभोक्ता समूहका उपभोक्ता समेत रहेका वाशुदेव खडकाले खानी अवैध नभएको, खानी तथा भुगर्भ विभागले दुई बर्ष अघि काठमाण्डौका वालकृष्ण महर्जनलाई सो क्षेत्रमा स्लेट ढुङ्गाको खोजतलासका लागि अनुमति दिएको खडकाले दावी गरे । महर्जनले काठमाडौको वासिन्दा भन्दै आएपनि स्थायी ठेगाना भरतपुर–३, चितवन भएको बुझिएको छ । महर्जनको नाममा धादिङकै थांक्रेगाविसको वडा नम्बर ३ निर्माण रोडा ढुङ्गा रोडा उद्योग संचालनमा रहेको छ बैशाख ४ गतेको कारोवार दैनिकले खवर लेखेको छ ।