गैसस महासंघ धादिङको पांचौ अधिबशन शुरु, अध्यक्ष पदमा राधिका सापकोटा र दामोदर अर्यालका बिच प्रतिस्पर्धा हुने

820 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ– धादिङ जिल्लामा कृयाशिल गैर सरकारी संस्थाहरुको साझा संगठन गैसस महासंघ धादिङको दशौं बार्षिक साधारण सभा तथा पांर्चौ अधिबेशन धादिङबेसीमा शुरु भएको छ ।
महासंघका जिल्ला अध्यक्ष दामोदर अर्यालको अध्यक्षतामा भएको वार्षिक साधारण सभा तथा अधिबेशनको महासंघका केन्द्रिय अध्यक्ष शर्मिला कार्कीले शुक्रवार उदघाटन गर्नु भएको हो । अधिबेशन उदघाटन कार्यक्रममा महासंघका महासचिव गोपाल लम्साल,मध्यमाञ्चल क्षेत्रीय समितिका संयोजक रामचन्द्र साह,धादिङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेल,निमित्त स्थानीय विकास अधिकारी एवम प्रमुख जिल्ला इन्जिनियर निर्मलदर्शन आचार्य,जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदी लगायतको आतिथ्य रहेको थियो ।
SAM_1391यसैगरी नेपाली कांग्रेसका सचिव भक्त लामा, नेकपा एमालेका जिल्ला सदस्य कृष्णप्रसाद अर्याल,एकिकृत नेकपा माओवादीका दिपक विश्वकर्मा,राप्रपाका नन्दप्रसाद काप्री, नेकपा मालेका तिर्थ सिलवाल,नेकपा एकिकृतका शिवनिधि खनाल,नेकपा माओवादीका रामवहादुर श्रेष्ठ,जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत होमराज बिष्ट,जिल्ला पशुसेवा कार्यालयका प्रमुख देवेन्द्र भगत, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र अर्याल,नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली,प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य केशव अधिकारी लगायतको आतिथ्य रहेको थियो ।
अधिबेशन उदघाटनको अवसर पारेर गैसस महासंघ धादिङको बार्षिक मुखपत्र नागरिक आवाजको पनि सार्वजनिक गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी कार्कीले कितावको सार्वजनिक गर्नुभएको थियो । महासंघमा जिल्लाका ९५ वटा संस्थाहरु आवद्ध रहेको वताईएको छ । अधिबेशनले आगामी तीन वर्षका लागि नयां नेत्तृत्वको चयन गर्नेछ  । अधिबेशनमा सहभागी एक प्रतिनिधिका अनुसार आगामी कार्यसमितिको अध्यक्ष वन्नका लागि दामोदर अर्याल र राधिका सापकोटाले इच्छा देखाएकाले दुईजनाका बिचमा सहमती गराएर सर्वसम्मत वाट नयां नेत्तृत्वको चयन गरिनेछ ।