पाविल साहित्य परिवार धादिङको पुर्नगठन

807 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,६ बैशाख ः धादिङ जिल्लामा कृयाशिल साहित्यकर्मीहरुको भेलाले पाविल साहित्य परिवार धादिङको पुर्नगठन गरेको छ ।
SAM_1410 SAM_1408 SAM_1409ओझेलमा परेका साहित्यिक प्रतिभाहरुको पहिचान गरी साहित्य र सिर्जनाको सम्वद्र्धन गर्ने उद्धेश्यले २०५९ सालमो पाविल साहित्य परिवारको स्थापना भएको थियो । जिल्लामा कृयाशिल साहित्यकारहरुको शनिवार धादिङबेसीमा सम्पन्न भएको भेलाले पाविल साहित्य परिवारका संस्थापक अध्यक्ष रमेश अधिकारीको अध्यक्षतामा ११ सदस्यिय कार्य समितिको पुर्नगठन गरेको हो ।
भेलावाट पुर्नगठित कार्य समितिको उपाध्यक्षमा गायत्री खतिवडा,सचिवमा सानुवाबु तिमिल्सिना,सह सचिवमा अस्मिता खतिवडा र कोषाध्यक्षमा प्रकाश सापकोटा( कपिलदेव)रहेका छन । यसैगरी सदस्यहरुमा राजाराम शर्मा,शालिकराम दुवाडी,केशव अधिकारी,श्रृजना खनाल,कुमार वैरागी र आकाश चेपाङ रहेका छन । भेलाले गोविन्द खनाल,सरोज खतिवडा र सिताराम अधिकारीलाई सल्लाहकारमा चयन गरेको छ ।
जिल्लाका ग्रामीण भेगमा छरिएर रहेका साहित्यअनुरागीहरुलाई समेट्दै फरक फरक स्थानमा पुगेर प्रत्येक महिना झरना साहित्यिक कार्यक्रमहरु संचालन गर्दै आईरहेको पाविल साहित्य परिवारले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने वताईएको छ ।