एसिसी प्रिमियर ट्रफिका लागि अन्तिम खेलाडी छानिए

633 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, १३ बैशाख –मलेसियामा हुने एसीसी प्रिमियर लिगका लागि राष्ट्रिय टोलीको अन्तिम छनोट भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी वैशाख १८ देखि २४सम्म मलेसियामा हुने एसिसी प्रिमियर लिगका लागि राष्ट्रिय टोलीमा पर्ने १४ खेलाडी छनौट गरेको हो।

क्यानको अन्तिम छनौटमा अलराउण्डर मेहबुब आलम र भेट्रान बलर राजकुमार प्रधानले अवसर पाएका छन् । आलमले दुई वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका हुन् ।
६ वर्षपछि राष्ट्रिय टीमबाट प्रधानले अवसर पाएका छन् ।
(को-को परे अन्तिम १४ मा )टोलीमा पर्ने खेलाडीहरुमा
कप्तान पारस खड्का,
उपकप्तान ज्ञानेन्द्र मल्ल,
शक्ति गौचन,
बसन्त रेग्मी,
शरद् भेष्वाकर,
सुवास खकुरेल,
विनोद भण्डारी,
सागर पुन,
आरिफ शेख,
रामनरेश गिरी,
नरेश बुढाएर र सोमपाल कामी छन् ।
यस्तै वैकल्पिक खेलाडीमा भुवन कार्की, पुष्प थापा र यज्ञमान कुमाल अटाएका छन् ।
बलर अमृत भट्टराई भने टोलीमा पर्न सकेनन् । यस्तै विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका जितेन्द्र मुखिया, प्रदीप ऐरी, अविनाश कर्ण, राहुल विश्वकर्मा, अनिल मण्डल अन्तिम १८मा पनि अटाएका थिएनन् सेतोपाटी डटकमले खवर लेखेको छ ।