सीप, कला र लोक संस्कृतिको संरक्षण गर्न नौमती बाजा महोत्सव हुने

811 पटक पढिएको

सम्पादक: Dhadingnews.com

naumati-baja

काठमाडौं, – विस्तारै लोप हुन लागेको नौमति बाजा आजभोली कमै सुन्न र देख्न पाइन्छ । परम्परागत नौमती बाजा सुन्दा जोकसैको ध्यान नतान्ने कुरै भएन ।

 

तर आजभोली परम्परागत नौमती बाजालाई आधाुनिकीकरणले पछि पारेको छ । जसका कारण दिनप्रतिदिन नौमति बाजा बजाउनेहरुको पनि अभाव खड्किन थालेको भान हुन्छ ।

 

पहिले जस्तो नौमती बाजाको भाका आजभोलीकाले टिप्नै नसकेको जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विकले बताए ।

 

यदाकता राजधानीमा पनि फाट्टफुट्ट देखिने नौमती बाजाको संरक्षण गर्न नौमति बाजा महोत्सवको आयोजना नै हुने भएको छ ।

 

राष्ट्रिय पञ्चे बाजा, नौमतीबाजा लोक संस्कृति को संरक्षण र प्रचारका लागि यहि जेठ २८ र २९ गते महोत्सव हुने भएको छ ।

 

नेपाल लोक सांस्कृतिक अनुसन्धान प्रतिष्ठान, जागरण मिडिया सेन्टर, समता फाउन्डेशन, कर्णाली विकास केन्द्र र दलित साहित्य तथा संस्कृति प्रतिष्ठान लगायतका २१ वटा संघ संस्थाको संयुक्त बैठकले सम्मेलन गर्ने निर्णय गरेको हो ।

 

राष्ट्रिय सभागृहमा दुई दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनमा पाचै विकास क्षेत्रका पञ्चेबाजाका राजधून प्रस्तुत गरिनेछ ।

 

पञ्चेबाजाको संरक्षणबारे विभिन्न कार्यपत्र प्रस्तुत गरी बहस तथा अन्तरक्रिया पनि गरिने भएको छ ।

 

उत्कृष्ट पञ्चेबाजालाई पुरस्कार प्रदान गरिने छ । सम्मेलन अवधिभर दलित समुदायका कलाकारले विभिन्न नाच तथा गीतसमेत प्रस्तुत गर्ने जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्माले जानकारी दिए ।

 

नेपालका दलित समुदायको सीप, कला, प्रविधि तथा लोक संस्कृतिको संरक्षण, प्रवर्धन र विकास गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको हो एभरेष्ट टाईम्स न्युज डट कमले खबर लेखेको छ