नेपाललाई चिठ्ठी

1014 पटक पढिएको

सम्पादक: Dhadingnews.com

प्रिय नेपाल
CONTENTतिमिले रुन जानेको थियौ भने आजहाम्रो देश पनी सामुन्दि«क देश हुनेथियो होला । आज तिमि लार्इ चारैतिर बाट धमिराले खाएझेैं खाइ रहेछन् । तिमिले जन्माएका तिम्रा यि सन्तान ले आज तिम्रो टाउँको माथिगिर खेल्दैछन् ।राजनिति,सेवा,धर्म को नाममा रातारात अरबौं सम्पती कमाउँनेहरु कम छैनन् ।त्यसैले भ्रष्ट्रचारमा विश्वको १ सय ७७ देशमध्यआजतिमि १ सय १६ स्थिानमा छौ ।मलाईत डर लागेको थियो धन्न तिमि अफगानस्थिान र सोमालियाको स्थानमा पुगेनौ ।जुन गोरुको सिङ छैन उस्को नाम तिखे भनेझै, काठमाण्डौ शहर तिमिआज दक्षिण एसियाकै सबै भन्दा महङ्गो शहर बन्यौ । जुन ठाउँमा राम्रो खाने र बस्ने ठाउँ छैन आज तिमि दक्षिण एसिया कै नमुना बन्यौ ।धन्य नेपाली सेना हिजो १ सय ६ देशमा तिमि ६४ औं स्थानको सच्चा र विकाशसिलबनेका थियौ आज आएर ७७ औं स्थानमा पुग्यौ प्रगति खोजेको देश लाई आज दुरगति दियौ । यति सानो देश नेपालमा बसोबास गर्ने धन्य नेपाली ५ बर्षमा ४ हजार पटक बन्द हरताल गर्यौ । जलसम्पदाको धनी देश नेपाल तिमि दैनिक १८ घण्टासम्म अध्यारोमा बस्नुपर्ने बनायौ ।सधै धुवा र धुलो उँड्ने देश नेपाल तिमि वायुप्रदुषणमा आज १ सय ७८ देश्मध्य तिमि १ सय ७४ औँ स्थिानमा छौ ।
नेपाल तिमि ले पनी गर्न त गरेकै हौँ नि जलसम्पदा मा विश्वकै दोस्रो धनि देश बनाई दियौ । सगरमाथा आधार शिवीरलाई विश्वकै उत्कृष्ठ पदमार्ग बनाईदियौ ।गौतम वुद्घ जन्मायौ । जनक सीता जन्मायौ । वीर गौर्खाली जन्मायौ । हिजो नेपाललाई विश्वमा यसरी चिनायौ तर के गर्नु हिजो फूलबनेर काँडा उमार्नेहरु ले गर्दा आज तिम्रो यो हालत छ ,पिर नगर नेपाल तिम्रो लागि राम्रो गर्नेहरु पनि जन्मिएका छन् । हिजो काँडा उमार्नेहरु लाई हामि त्यही काँडाले घोच्ने छौ र फेरी पनि तिमिलाई विश्वमा चिनाउँने छौं जसरी नेपाल क्रिकेटले आज तिमिलाई विश्वभर चिनायो । आशा गर त्यसरी नै फेरि पनि तिमिलाई विश्वमा चिनाउँने छौ ।

उहि तिमिलाई माया गर्ने

सन्तोष राज सापकोटा
खहरे धादिङ