धादिङमा नयाँ साहित्यिक संस्था ्“उदभव साहित्य संगम’’

702 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, १४ बैशाख – धादिङ जिल्लामा थप एक साहित्यिक संस्था स्थापना भएको छ । धादिङ जिल्लामा क्रियाशील प्रगतिशील साहित्यकारहरुको पहलमा गठन गरिएको ्“उदभव साहित्य संगम’’ले जिल्ला प्रशासन कार्यालय धादिङबाट संस्थाको मान्यता प्राप्त गरेको छ ।
images (3)संस्था दर्ता ऐन २०३४ वमोजिम जिल्ला प्रशासन कार्यालय धादिङवाट १२९२ दर्ता नम्बर प्राप्त गरेको ्“उदभव साहित्य संगम’’को अध्यक्षमा रमेश अधिकारी रहनु भएको छ । अधिकारीको अध्यक्षतामा रहेको ११ सदस्यिय कार्य समितिको वरिष्ठ उपाध्यक्षमा केशवप्रसाद दुवाडी,उपाध्यक्षमा गायत्री खतिवडा, सचिवमा सानुवाबु तिमिल्सिना,सह सचिवमा विनोद रिजाल र कोषाध्यक्षमा कपिलदेव सापकोटा रहनु भएको छ ।
यसैगरी कार्य समितिको सदस्यहरुमा राजाराम शर्मा,केशव अधिकारी,शालिकराम दुवाडी,सिर्जना खनाल र नवराज छत्कुली रहनु भएको छ । विषेशगरी जिल्लामा लामो समयदेखि निष्क्रिय हुन पुगेको साहित्यिक गतिविधिलाई नियमित गराउंदै छरिएर रहेका साहित्यकारहरुको प्रतिभालाई अगाडि ल्याउने उद्धेश्यका साथ “उदभव साहित्य संगम’’को स्थापना भएको संस्थाका अध्यक्ष रमेश अधिकारीले वताउनु भयो ।