आमाको मुख हेर्ने पर्व मनाइँदै

703 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, वैशाख १६ – जन्म दिने आमाप्रति कृतज्ञता ज्ञापन गरी मीठामीठा परिकार खुवाएर मंगलवार मातृदिवशको रुपमा आमाको मुख हेर्ने पर्व मनाइँदै छ ।

नौ महिनासम्म गर्भमा राखेर जन्म दिई पालन पोषण गरी हुर्काई समाजमा समर्थ बनाउने आमाप्रति सम्मान प्रकट गर्न बैशाख कृष्णपक्ष औंशीको दिन यो पर्व मनाउने नेपालीहरुको परम्परा छ । आमाले पनि यस दिन छोराछोरीलाई दिर्घायु, सुस्वास्थ्य र असल जीवनको कामना गर्दै आशिष दिन्छन् । आमा जीवित नभएका छोराछोरीहरुले राजधानीदेखि दक्षिणतर्फ थानकोट नजिकको मातातीर्थमा  श्राद्ध र पिण्ड तर्पण गर्ने भएकाले यस पर्वलाई ‘मातातीर्थ आंैशी’ पनि भन्न्ने गरिन्छ । यस दिन त्यहाँ चढाएको र दान गरेका रोटी, फलफूल आदि दिवंगत आमाको मुखमा पर्दछ भन्ने जनविश्वास छ ।

मातातीर्थसम्म जान नसक्नेहरुले दिवंगत आमाको नाममा बज्राचार्य वा ब्राम्हण पुरोहितलाई सिदा, निःसलाः र जलदान दिने गर्दछन् ।

कान्तिपुरबाट