तेईस बर्ष पढाएर खाली हात घर फर्कनुभयो नलाङका शिक्षक टंकनाथ शर्मा

722 पटक पढिएको

सम्पादक: Dhadingnews.com

-केशव अधिकारी

10169300_779656602052155_1379674272663137790_nधादिङ–धादिङको नलाङ निवासी टंकनाथ शर्माले शिक्षण पेशा अंगालेको २३ बर्ष पछि २०७१
बैशाख १५ गते उमेर हदका कारण सेवाबाट अनिवार्य अवकाश पाउनु भएको छ । २०३२ देखि २०४२ सम्म स्थायी र २०४८ देखि २०७१ सम्म अस्थायी शिक्षक भएर काम गर्नुभएका शर्मालाई मंगलवार नलाङ माध्यमिक बिद्यालयले एक कार्यक्रमका बिच विदाई गरेको थियो । शिक्षक शर्माले पेशागत हितका लागि आजाव उठाएकै कारण जुन अन्याय भोग्नु पर्यो त्यसका वारेमा मुलुकका निति निर्मातादेखि शिक्षकहरुका पेशागत संघसंगठनका नेत्तृत्वहरु जानकार भएर पनि केही गर्न सकेनन ।
आंफु माथि अन्याय भएको भन्दै अन्तर्राष्ट्रिय साक्षरता दिवस एवं राष्ट्रिय शिक्षा दिवस२०७० भदौ २४ गतेका अवसरमा जिल्ला शिक्षा कार्यालय धादिङका तर्फबाट सम्मानित जिल्लाका पुराना  शिक्षक टंकनाथ शर्मा तिमिल्सिनाले सम्मान अस्वीकार गर्नुभएको थियो ।  ।

उमेर हदका कारण २०७१ बैशाख १५ देखि   अनिवार्य अवकासमा पर्ने भएपछि धादिङ नलाङ माध्यमिक विद्यालय नलाङका शिक्षक तिमिल्सिनाले  जिल्ला शिक्षा कार्यालयले शिक्षा दिवसका अवसरमा प्रदान गरेको सम्मान अस्वीकार गर्दै आफ्नो समस्या समाधानका लागि पहल गरिदिन जिल्ला शिक्षा अधिकारी संग लिखित आग्रह गर्नुभएको थियो ।

को हुन त शिक्षक शर्मा उहां माथि यस्तो अन्याय कसरी भयो  ?

 

‘ कसरि अन्यायमा पर्नुभयो शिक्षक टंकनाथ शर्मा तिमिल्सिना’

 धादिङ जिल्लाको नलाङ गाविसस्थित नलाङ माध्यमिक विद्यालयमा कार्यरत  टंकनाथ शर्मा तिमिल्सिना २०३२ फाल्गुन १७ गतेदेखि स्थायी प्राथमिक शिक्षक र २०३५ पुस ११ देखि स्थायी निम्नमाध्यमिक शिक्षक का रुपमा बैशाख १५ गते सम्म नलाङ माविमा कार्यरत हुनुहुन्थ्यो ।
शर्मा  नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला तदर्थ समिति धादिङको संस्थापक सदस्य समेत हुनुहुन्छ । । सोही समितिको निर्णय बमोजिम  शर्माले पर्यवेक्षकको रूपमा २०३६ मंसीरमा हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयमा भएको संगठनको पहिलो राष्ट्रिय सम्मेलनमा भाग लिनुभएको थियो । त्यतिवेला जिल्ला शिक्षा कार्यालय धादिङले सो सम्मेलनमा भाग लिन नजानको लागि शर्मा लाई चेतावनी पत्र पठाएको थियो । तर उहाँ  सम्मेलनमा भाग लिन जानु भयो  ।
सरकारी चेतावनीका बाबजूद शिक्षक आन्दोलनहरूमा निरन्तर सहभागी हुँदै जानु भयो । शिक्षक आन्दोलनमा लागेको भन्दै जिल्लाका ६ जना स्थायी शिक्षकहरूलाई अपायक जिल्ला सरुवा गरियो । त्यसमध्ये उहाँलाई काभ्रेपलाञ्चोक जिल्ला शिक्षा कार्यालयमा जानू भनी मिति २०४२ कात्तिक ११ मा सरुवाको पत्र पठाइयो । उहाँलाई सरुवा गरिएको जिल्लामा रमाना गरी पठाउन जिल्ला शिक्षा कार्यालय धादिङद्वारा उहाँ कार्यरत विद्यालयलाई पटकपटक ताकेतापत्र जारी गरियो । र; उहाँ सहितको संयुक्त दस्तखतबाट संचालन हुँदै आएको विद्यालयको बैंक खाता रोक्का गरियो । विद्यालय व्यवस्थापन समितिले रमाना नगर्दै जिल्ला शिक्षा कार्यालय धादिङद्वारा उहाँ कार्यरत रहेको दरबन्दी ‘रिक्त हुन आएको’ भनी अन्य शिक्षक (होमनाथ सिटौला)लाई अस्थायी नियुक्तिको लागि सिफारिश गरी विद्यालय व्यवस्थापन समितिलाई पत्र पठाइयो ।
मिति २०४२ चैत २६ को पत्रानुसार शर्माले पाउनुपर्ने तलब भत्ता लगायत सम्पूर्ण सुविधाहरू ‘सरुवा गरिएको’ बहानामा रोक्का गरियो । विद्यालयमा शर्माले गरेको योगदानको कारण रमाना गरी नपठाउन स्थानीय अभिभावक र विद्यार्थीद्वारा विद्यालय सञ्चालक समितिलाई दबाब परेको कारण विद्यार्थी र अभिभावकलाई शर्मा ले ‘उक्साएको’ नाममा विद्यालयबाटै प्रहरीद्वारा उहाँलाई गिरफ्तार गराई २०४२ फागुन १३ देखि १९ गतेसम्म जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखियो । र; पूर्ववत् विद्यालयमा हाजिर हुन जान नपाउने शर्तमा सो हिरासतबाट रिहा गरियो । त्यसपश्चात उहाँ पुनः विद्यालयमा हाजिर हुन जाँदा विद्यालय समेतले  काभ्रे जिल्ला सरुवा गरिसकिएको भनी हाजिर हुन दिइएन । काभ्रे जिल्लामा हाजिर हुन जाँदा पूर्व विद्यालय नलाङ निमावि धादिङबाट रमाना पत्र नै नआएको वहानामा उहाँलाई अलपत्र  पार्ने काम गरिएको थियो ।
बहुदलीय व्यवस्था पुनस्र्थापना पश्चात सरकारद्वारा गठित ‘विगत आन्दोलनहरूमा राजनीतिक कारणले अवकाशमा परेका शिक्षकहरूको बाँकी पुनर्वहाली र … राहत’बारे अध्ययन गर्न २०५४ वैशाख २० मा वेदनिधि निरालाको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनको पृृष्ठ ८ को क्रमसंख्या ५२ मा ‘विना शर्त पुनर्वहाली हुनुपर्ने’ सूचीमा समेत शिक्षक शर्माको नाम संलग्न छ । तैपनि मेरो समस्या यथावत् रहिरह्यो ।
यसरी २०४२ फागुन १३ पश्चात २०४८ सालसम्म म विद्यालयमा सेवा गर्ने अवसरबाट वञ्चित भई गैरहाजिर रहनुपर्ने अवस्था रह्यो । पूर्व विद्यालय नलाङ निमावि नलाङको निम्न माध्यमिक शिक्षक दरबन्दी रिक्त रहेकाले ‘पुनर्वहाली हुँदा सोही पद र सेवामा निरन्तरता हुने’ तत्कालीन जिल्ला शिक्षा अधिकारीको मौखिक आश्वासन अनुसार सो रिक्त दरबन्दीमा २०४८ भदौ ५ गतेदेखि जिशिका धादिङद्वारा अस्थायी नियुक्ति भईसोही विद्यालयमा २०७१ बैशाख १५ गते सम्म कार्यरत हुनुहुन्थ्यो ।
बहुदलीय प्रजातन्त्र र लोकतन्त्र बहालीपछिका हरेक सरकारका शिक्षा मन्त्रीलाई शिक्षक शर्माले आफ्नो पिडा र समस्याका  वारेमा अवगत गराउंदै आउनुभएको थियो। सबैबाट ‘अन्यायमा परेको हुँदा तपाईंको पुनर्वहाली हुन्छ’ भनेर आश्वासन पाइरहेंपनि अहिले उहां खाली हात घर फर्कन वाध्य हुनुभएको छ । आफ्नो समस्यका वारेमा शिक्षा मन्त्रालयमा पटकपटक निवेदन पनि उहांले दिनुभएको   थियो । मिल्दैन, हुँदैन कसैले पनि भनेनन् । तर काम पनि भएन । सबै शिक्षकको हकहित र अधिकारको लागि ऊवेला अरू जागरुक शिक्षकहरूले जस्तै उहांले पनि आन्दोलन गर्नुभएको  थियो । जुन आन्दोलनबाट सबै शिक्षकको हक, अधिकार स्थापित भयो, त्यही आन्दोलनमा लागेको कारण शिक्षक शर्मा माथि भने अन्याय भएको छ  । सरकार र जिम्मेवार राजनीतिक दलका नेताहरूसँग पटकपटक भएका सम्झैता र आश्वासन पूरा हुने आशामा उहांले अस्थायी शिक्षक भएर काम गर्न थालेको २२ बर्ष पुरा मात्रै भएन उमेर हदका कारण स्वतः अवकाश समेत पाईसक्नु भएको छ ।  यसअघि १० वर्ष स्थायी रूपमा काम गरेको त छँदैछ ।
शिक्षक शर्माले अब अवकास पाउनु भएको छ । ऊवेला उहांले शिक्षकको पेशागत हकहितको लागि आन्दोलन नगरेको भए उहांको  स्थायी जागीर जाँदैनथ्यो । अवकाश लिंदा पेन्सन, उपदान र अरू सेवा सुुविधा पाउनुहुनथ्यो ।यि सबै सेवा सुविधावाट बञ्चित भएर पनि मंगलवार देखि उहांले अवकास पाईसक्नु भएको छ ।  त्योवेला शिक्षक आन्दोलनमा सहभागी हुनु जरूरी थियो । किनकि प्रजातन्त्र र लोकतन्त्र बहालीमा अरू पेशागत संघ–संगठन जस्तै शिक्षक आन्दोलनको भूमिका पनि महŒवपूर्ण छ थियो । मुलुकमा परिवर्तन ल्याउने आन्दोलनमा सहभागी हुनु के उहांको दोष थियो र ? पुनर्वहाली हुने सूचीमा नाम हुँदा र सबैले आश्वासन दिंदा समेत उहांको समस्या समाधान भएन । उहांको माथि भएको अन्याय कसले बुझला ? 