सूचना –सञ्चारको व्यापकतामा धादिङ न्यूज

690 पटक पढिएको

सम्पादक: Dhadingnews.com

रमेश अधिकारी
30975_298788160226001_1561540879_nसूचना –सञ्चारको व्यापकता र आवश्यकता झनै बढ्दो छ । सञ्चारका विविध माध्यामले यो विश्वलाई एकै डल्लोमा बनाएको छ,त्यसमा पनि विद्युतीय संचार माध्यामको व्यपकताले द्रुत सन्देशमा रुची जगाएको छ । हाम्रो दैनिकी झनै व्यस्त हुँदै गएको छ,फलतःअब अखबारका पाना –पाना पल्टाइरहने फूर्सद नहुन थालेको छ । यसमा पनि छापा माध्यमका पत्रपत्रिकाको पहँुच शहरी क्षेत्र सम्म मात्र छ । बिद्युत्तिय संचार माध्यमको पहुंच डाँडाकाडासम्म बढ्दै गएको छ । सञ्चारको महत्व बढ्दै जाँदा द्रुत जानकारी पाउने लालसा स्वभाविकछ , यसको तिर्सना ‘अन लाइन’माध्यमले मात्र पूरा गर्न सक्छ । सूचनाको महत्व समय र खर्चमा पनि त छ । अन लाइनको माध्यामले समयलाई व्यवस्थित गराँउछ र यो कम खर्चिलो माध्याम पनि हो । ‘अन लाइन’ले आफूले चाहेको सूचना आफ्नो अनुकूल समयमा पढन पाउने बनाएको छ । यो माध्यमले विकटतालाई पनि चिर्न सक्छ, अन्तरदेशीय सूचनाहरुलाई समेत तुरुन्त फैलाउन सक्छ , तुरुन्त सार्वजनिक गर्न सकिने भएकोले आकस्मिक कार्यहरुमा बढी उपयोगी हुन्छ । भुललाई तुरुन्त सच्याउन र दबाब दिन यसको प्रयोग प्रभावकारी हुदै आएको छ ।धादिङ जिल्लाबाट पनि पहिलो एकमात्र अनलाइन खबर dhadingnews . com ले यो अभावलाई पूरा गर्दै आएको छ । वार्षिकिको सुखद उपलक्ष्यमा उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।