हाम्रो सम्पर्क

news-dhading-news

न्य संचारमाध्यमबाट गरिने पत्रकारिता भन्दा अनलाइन पत्रकारिताले अहिले विश्वभरनै विकासको गति समातेको छ ।पत्रकारितामा सबैभन्दा कान्छो विधाको रूपमा अनलाइनको विकास भएको भएपनि यसको लोकप्रियता बढ्दो छ । छोटो समयममै यसले परम्परागत सञ्चारमाध्यमलाई चुनौति दिन सक्षम भइसकेको छ। विस्तारै परम्परागत मिडियाहरू अहिले पूर्ण रूपमा अनलाइनमा निर्भर बन्दै जानु तथा नेपालमै पनि परम्परागत सञ्चार माध्यमको तुलनामा अनलाइन पत्रकारिताको विकास र विस्तार तिव्र गतिमा हुनुले पनि अनलाईन पत्रकारिता धेरैको रोजाईको बिषय बनेको कुरालाई नकार्न सकिन्न । राजधानीको छेउमै रहेको धादिङ जिल्लालाई कार्यक्षेत्र बनाएर “संसारभर धादिङको खबर “ भन्ने मुलमन्त्रका साथ नेत्रावती मिडिया प्रा. लि. धादिङले धादिङ जिल्लामा २०७० सालको सुरुवाती सँगै  अनलाईन पत्रिका www.dhadingnews.com सुरुवात गरेको हो  । नेपाल र विश्वभरी छरिएका नेपालीहरूलाई छिटो-छरितो रूपमा धादिङ जिल्लाको सूचना,समाचार बिचार  र मनोरञ्जन दिनु धादिङन्युजको मुख्य उद्देश्य रहनेछ ।

सत्य तथ्य र छिटो-छरितो समाचारका साथै सन्तुलित एवं निष्पक्ष विश्लेषणमार्फत आमजनतामाझ आफ्नो प्रसारण पुर्याउन धादिङकै सबैभन्दा ठूलो अनलाइन सञ्जालको रूपमा विस्तार गर्ने हाम्रो योजना छ । जसका लागि सकेसम्म धेरैभन्दा धेरै स्वदेशी पाठक र सञ्चारकर्मीहरूका साथै विदेशमा बस्ने धेरैभन्दाधेरै नेपालीहरूलाई धादिङन्युज अनलाइन को महत्वपूर्ण अंशियारकै रूपमा आत्मसाथ गर्दै अघि बढ्ने कुरामा हामी दृढ संकल्पित छौं । परिर्वतनको सबैभन्दा ठूलो हतियार संचार हो । यसको लक्ष्य भनेको सूचना र संचारका माध्यमबाट आर्दश समाजको निमार्ण गर्नु हो । हामी पनि त्यही आर्दश समाज निमार्णका लागि जुटेका छौं । त्यसको प्रतिफल नै धादिङन्युज अनलाइन पत्रिका हो । हाम्रो यो आर्दश समाज निमार्ण र चेतनामूलक समाज निमार्ण गर्ने अभियानमा तपाइको सहकार्यको खाचो पर्दछ ।
धादिङ जिल्लामा फरक पहिचानका साथ प्रस्तुत हुँदै आईरहेको नेत्रावती साप्ताहिक र नेत्रावती अनलाईनको निरन्तरता र त्यहांको अनुभबलाई आधार मानेर नेत्रावती मिडिया प्रा.लि. ले धादिङ जिल्लाका समाचारलाई विशेष स्थान दिनेगरी धादिङन्युज सञ्चालनमा ल्याएको हो । राजनैतिक मतभेद,हत्याहिसां,निराशा जस्ता विषय बस्तुलाई पहिलो प्राथमिकता दिने मुलधारका संचार माध्यमले जिल्लाका सबै समाचार समेटन नसक्ने यथार्थतालाई नजिकबाट नियाल्दै हामीले धादिङन्युज मा स्थानिय विषयमा धेरै भन्दा धेरै समाचार संप्रेषण गर्ने जर्मको गर्नेछौं । धादिङन्युज मार्फत जिल्लाको शिक्षा, स्वास्थ्य, बन तथा बातावरण,बिकास, कृषि, ब्यबसाय, पर्यटन तथा सामाजिक सबाल र सामाजिक परिवर्तन हरु लाई पहिलो प्राथमिकता दिने छौ । तपाईंहरुको सकारात्मक सुझाव र सहयोगको अपेक्षा गर्दछौं । तपाइको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रियाको हामी सधै अपेक्षा गर्दछौं । यहाँको सहयोगले हामीलाई हाम्रो उद्देश्यमा अगाडी बढ्न मद्धत मिल्ने छ ।

अध्यक्ष/प्रधान-सम्पादक
केशव अधिकारी

कार्यकारी निर्देशक
बुद्धिमान वाईबा

धादिङ न्यूज डट कम
ईमेल : dhadingnews@gmail.com
फोन :०१० -५२०८३८ /०१०- ५२१०२७
मोबाइल : ९८५११ २०८३८ /९७५११ २०८३८/९८०११ २०८३८
फेसबूक :www.facebook.com/Dhadingnews

धादिङ न्यूज डट कम धादिङ जिल्लाबाट  संचालन भईरहेको छ । यसमा तपाईको संघ सस्था वा व्यापारीक प्रयोजनका कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । 

 Please consult with our management team and ask quotation about price,size and placement of advertisement.

‘संसारभर धादिङको खबर’ भन्ने अभिष्टका साथ हामीले धादिङ जिल्लाबाट डिजिटल अनलाइन पत्रकारिता संचालन गर्दै आईरहेका छौं । सूचना प्रविधिमा भएको विकासले हाम्रो डिजिटल यात्रालाई सार्थक बनाउनेछ भन्ने हामीलाई आशा छ । धादिङन्युज डट कमतपाईहरुलाई कस्तो लागेको छ ? यसलाई अझ राम्रो बनाउन के गर्नुपर्ला ? हामी तपाईहरुको अमूल्य सुझाव र सल्लाहको प्रतिक्षामा छौ । तपाईहरुसँग कुनै पनि प्रकारका सूचना, समाचार, लेख, रचना र जानकारी छन् भने हामीलाई खबर गर्नुहोला । तपाइको सानो सूचना समाजका लागि ठूलो खबर बन्नसक्छ । यदि तपाईहरु कुनै पनि कार्यक्रमहरु गर्दै हुनुहुन्छ भने पनि हामीलाई सम्झनुहोला । हामी तपाईको सहयोगको प्रतिक्षा गरिरहेका छौं ।