हाम्रो पालिका

नीलकण्ठ नगरपालिकाको कार्यकारी अधिकृतको जिम्मेवारी शर्मालाई

By Dhadingnews.com

May 15, 2014

धादिङ–भर्खरै नगरपालिका वनेको नीलकण्ठ नगरपालिकाको कार्यकारी अधिकृतको जिम्मेवारी हालका लागि जिल्ला विकास समिति धादिङका योजना तथा प्रशासकिय अधिकृत जनकराज शर्माले सम्हाल्नु हुने भएको छ ।

संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले बैशाख २८ गते जारी गरेको परिपत्र अनुसार अर्को व्यवस्था नभए सम्मको लागि शर्मालाई नीलकण्ठ नगरपालिकाको कार्यकारी अधिकृतको जिम्मेवारी दिईएको हो । नगरपालिकाको संरचना निर्माणका लागि आवश्यक पर्ने दैनिक प्रशासकिय कार्य सञ्चालनका लागि शर्मालाई मन्त्रालयले कार्यकारी अधिकृतको जिम्मेवारी समेत दिएको हो । सरकारले नयां घोषणा गरेका नगरपालिकाहरु साउन १ गतेवाट कार्यान्यवनमा आउने भएका छन । साउन १ गते भन्दा अगावै कार्यालयको स्थापना, कर्मचारी व्यवस्थापन,करको दायरा निर्धारण लगायतका कार्यहरु सम्पन्न गरिने वताईएको छ । धादिङ जिल्लाको पहिलो नगरपालिका वनेको नीलकण्ठ नगरपालिकामा नीलकण्ठ, सुनौलावजार,साङकोष र मुरलीभञ्ज्याङ गाविसलाई समेटिएको छ । नगरपालिका वनेका चारवटै गाविसवाट पारित भएको गाउं परिषदका योजनाहरुलाई एकीकृत गर्दै नगरपरिषद गरेर आगामी बर्षको योजना र वजेटको तर्जुमा गरिने शर्माले धादिङ न्युजलाई जानकारी दिनुभयो ।