शिक्षा/स्वास्थ्य

सिभिक डेभलपमेन्ट बैंक लि.को सिमित बैंकिङ्ग ईकाइ संचालनमा

By Dhadingnews.com

June 04, 2014

बैरेनी–धादिङ जिल्लामा केन्द्रीय कार्यालय भएको सिभिक डेभलपमेण्ट बैंकले विहीवार देखि बैरनी गा.बि.स., वडा नं.८ मा सीमित बैंकिङ्ग इकाई (ीष्mष्तभम द्यबलपष्लन इगतभितक) संचालनमा ल्याउने भएको छ । यस इकाई मार्पmत स्थानीय जनताहरुले बैकिङ्ग कारोवार अन्तर्गत निक्षेप संकलन, निक्षेप भुक्तानी, कर्जा सम्बन्धी कारोवार लगायत रेमिट्यान्स सेवा उपभोग गर्न सकिने बैकका महाप्रवन्धक प्रकाशमान वज्राचार्यले वताउनु भयो ।

यस बैंकको अधिकृत पूंजी रु.१० करोड, जारी पूंजी रु.५ करोड र चुक्ता पूंजी रु.४ करोड रहेको छ र निकट भविश्यमा नै ४ः१ को अनुपातमा हकप्रद शेयर जारी गरी चुक्ता पूंजी रु.५ करोड पु¥याउने योजना रहेको पनि वज्राचार्यले जानकारी दिनुभयो ।  यस बैंकले २०७१ जेष्ठ २० गतेसम्म अपरिष्कृत बिवरण अनुसार रु.३४ करोड ६१ लाख निक्षेप संकलन र रु.३१ करोड २७ लाख कर्जा प्रवाह गरी रु.१ करोड ३७ हजार संचालन मुनाफा गरेको छ । “लघुवित्त स्वरोजगारको लागि, स्वरोजगार गरीवी निवारणको लागि” भन्ने नाराको साथ लघुवित्त कार्यक्रम सञ्चालन गरी १०५० भन्दा बढी महिलाहरुलाई बिना धितो कर्जा प्रदान गरी स्वरोजगार कार्यक्रममा मद्धत गरेको वताईएको छ । २०६६ श्रावण २९ गतेदेखि विधिवत रुपमा कार्यारम्भ भई हाल धादिङ्ग जिल्लाको सदरमुकाम धादिङ्गबेसीको बीच बजारमा केन्द्रीय कार्यालय र बैरनी तथा आरुघाटमा शाखा कार्यालय संचालनमा रहेको छ । यसको अतिरिक्त सल्यानटार, आदमघाट र धादिङ्गबेसीको पुच्छारबजारमा एक्सटेन्सन् काउण्टर संचालनमा रहेको बैकले जनाएको छ । यसैगरी सांधभन्ज्याङ्ग, टोडके, खहरे, बैरनी, आदमघाट र धादिङ्गबेसीमा लघुवित्त कार्यक्रम संचालनमा रहेको छ । यस बैंकको कार्यक्षेत्र धादिङ्ग जिल्लामा मात्र रहेकोले धादिङ्ग जिल्लाको एक नगरपालिका र ४६  वटै गा.बि.स.हरुमा बैंकको सेवा बिस्तार गर्ने सन्दर्भमा नेपाल राष्ट्र्र बैंकको एकीकृत निर्देशिका नं. १४ को बँुदा नं. ८ बमोजिम नेपाल राष्ट्र्र बैंकको स्वीकृति लिई सीमित बैंकिङ्ग इकाइ संचालनमा ल्याईएको वज्राचार्यले जानकारी दिनुभयो ।