कान्दा रुपान्तरणको लागि कोरियाबाट रकम हस्तान्तरण
785 पटक पढिएको
दक्षिण कोरिया-दक्षिण कोरियाको किम्हेबाट संकलन भएको रकम चितवनको लोथर ६ कान्दामा रहेका चेपाङको घर बनाउन कान्दा रुपान्तरण अभियानमा सकृय रहेको संस्था लक्ष्मी प्रस्तिस्ठान लाई हस्तान्तरण गरिएको छ ।
अगस्ट 15 मा लक्ष्मी प्रतिस्ठानको कार्यालयमा प्रतिस्ठानका अध्यक्ष बिष्णु गौतम र श्रीमती लक्ष्मी गौतम लाई संयुक्त रुपमा सहयोग संकलन समितिका संयोजन सदस्य एवं किम्हे मैग्रेन्ट्स हाउसका प्रतिनिधि निर्मल थपलिया र साथमा अन्तरास्ट्रिय पत्रकार महासंघका महासचिब दामोदर नेपाल ले रु. एक लाख पाँच हजार हस्तान्तरण गर्नु भएको थियो | उक्त रकम किम्हे बाट निर्मल थपलिया, हरि थपलिया र हरि कृष्ण थपलियाको संयुक्त प्रयास बाट संकलन गरिएको थियो भने नपुग रकम संकलन आयोजक समिति संजोजकहरुको तर्फबाट मिलेर एउटा घर निर्माणको लागि आवस्यक रकम जुटाइएको थियो | किम्हे मैग्रेंट्स हाउसले उपलब्ध गराएको कपडाहरु सस्तो बजारको नाम दिएर बिक्रि वितरण गरि झन्डै ७५० हजार कोरियन वोन संकलन गरिएको थियो | हरि थपलियाको प्रयासबाट हिमालयन इन्टरटेन्ट मेन्ट हाउसले बुसानमा प्रदर्सन गरिएको कबर्दी फिल्मबाट एक लाख कोरियन वोन सहयोग पठाएको थियो | सो रकम किम्हे मैग्रेंट्स हाउसका संचालक यज्ञ राज सुबेदीले एक कार्यक्रममा निर्मल थपलियालाइ सम्बन्धित चेपांगको गाउँ कान्दा रुपान्तरण अभियानमा अहोरात्र लागिरहेको संस्थासम्म पुर्याउनको लागि हस्तारन्तरण गर्नु भएको थियो | कान्दा रुपान्तरण अभियान मा ८५ ओटा घर बनाउने योजना अनुसार हाल सम्म ३२ ओटा घर निर्माण भैसकेको छ | बर्षादको कारण केहि अवरोध भएता पनि घर निर्माण तथा छात्राबास तथा स्कुल निर्माण कार्य लगातार भैरहेको लक्ष्मी प्रस्तिस्ठानका अध्यक्ष बिष्णु गौतमले बताउनु भएको छ |