हाम्रो पालिका

दुवईमा ज्यान गुमाएकाका परिवारलाई आर्थिक सहयोग

By Dhading News

September 05, 2014

काठमाडौं,  – दुवई ज्यान गुमाएका धादिङ सल्यानकोट ८ का अशोक रानाका परिवारलाई दुबईमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

धादिङ समाज युएईको पहलमा संकलित ६५ हजार रुपैयाँ रानाका परिवारलाई हस्तान्तरण गरिएको छ ।

गाउँमा कम्प्युटर शिक्षा अभियान सञ्चालन गर्दै आएका धादिङका कुमार धमलाले यो रकम रानाका ९ महिनाका छोरा असिम रानाको नाममा खाता खोलेर बैंकमा जम्मा गरिदिनुभएको छ ।

युएईबाट ६३ हजार ३ सय रुपैयाँ प्राप्त भएको र आफूले व्यक्तिगत रुपमा १ हजार ७ सय रुपैयाँ थप गरेर ६५ हजार रुपैयाँ खातामा जम्मा गरिदिएको धमलाले जानकारी दिनुभयो । असिमकी आमा रसमायाले यो रकमबाट आउने ब्याज मात्र निकाल्न पाउने धमलाले बताउनुभयो ।  रसमाया अहिले ९ महिने छोरालाई लिएर माइत गोरखामा बस्दै आउनु भएको छ । दुवईको एक डेरीमा काम गर्ने रानाको ६ महिनाअघि सुतेकै ठाउँमा ज्यान गएको थियो उज्यालो अनलाईनले खबर लेखेको छ । ।