हाम्रो पालिका

जनभावनामा दन्त शिविर सम्पन्न

By Dhading News

November 10, 2014

ज्यामरुङ–धादिङको ज्यामरुङ गाउ विकास समितिको वडा नम्वर ४ मा रहेको जनभावना निम्न माध्यामिक विद्यालयमा संचालित दन्त परिक्षण शिविर सम्पन्न भएको छ । दुई दिन सम्म संचालन भएको दन्त शिविरमा सोही विद्यालयका एक सय बीस जना विद्यार्थीहरुको दाँतको परिक्षण गरिएको थियो । सामाजिक संस्था टुकी नेपाल समाज स्विडेन र टुकी नेपाल समाज काठमाण्डौंको सहयोगमा विद्यालयले शिविरको आयोजना गरेको हो । शिविरकै अवसर पारेर विद्यालयले टुकी नेपाल स्विडेनका पूर्वअध्यक्ष डान, सदस्य रमा लगायत अन्य विदेशी पाहुनाहरुलाई एक कार्यक्रमका बिच सम्मान गरेका थिए । विद्यालय व्यस्थापन समितिका अध्यक्ष राम प्रसाद तिमल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा टुकी नेपाल समाज काठमाण्डौका संस्थापक अध्यक्ष कमल सापकोटाले विद्यालयलाई विज्ञान विषयमा आवश्यक प्रयोगात्मक सामग्री र खेलकुद सामग्री, कापिकलम, पुस्तकालयको लागि आवश्यक सामग्री, कम्प्युटर, सोलार लगायत प्रदान गर्नुभएको बिद्यालयले जनाएको छ । यसैगरि समाजले स्थानीय जनभावना महिला बचत तथा क्रृण सहकारी संस्थालाई बाख्रापालनमा सहयोग पुर्याउने उद्देश्यले १ लाख ५० हजार क्रृण उपलब्ध गराएको जनभावना निमाविका शिक्षक प्रशान्त ढउन्याले धादिङ न्यूजलाई जानकारी दिनुभयो ।