तामाङ सास्कृतिक चलचित्र -स्ह्यालगर (सगुन) पहिलो बिशेष च्यारिटी
868 पटक पढिएको
तामाङ समुदायको सांस्कृतिक एबं समाजिक पक्षलाई उजागर गर्दै ल्हाप्साङकर्पो म्युजिकको ब्यानरमा छारमाया तामाङले निर्माण गरिएको चलचित्र स्ह्याल्गर(सगुन) को पहिलो बिशेष च्यारिटी बौद्धस्थीत सिद्धार्थ सिने हलमा मंसिर ५ गते शुक्रबार बिहान ८ः०० बजे बिशेष समारोहका बिच प्रदर्शन गरियो । सिन्धुपाल्चोक क्षेत्र नं ३ का सभासद शेर बहादुर तामाङ को प्रमुख आतिथ्यमा सम्पन्न सो प्रदर्शनमा सभासद दिलमान पाख्रिन धादिङ, पूर्व गृहमन्त्री बुद्धिमान तामाङ ,सभासद परशुराम तामाङ, ललितकलाका प्राज्ञ निमा ग्याम्चो बल,लगायतका बिशेष उपस्थित र ब्यापक दर्शकहरु बिच प्रदर्शन सम्पन्न भएको हो । सोहीक्रममा मिडिया पार्टनर तथा कलाकारहरुलाई प्रमाण पत्र प्रदान गरियो ।
यही चलचित्रको मुख्य कथाबस्तु यसप्रकार रहेको छ ।
स्ह्यालगर चलचित्र सिन्धुपाल्चोक जिल्लाको भोताङ गा.बि.स.मा विद्यमान तामाङ संस्कृति, रितिरिवाज, भेषभुषा, आर्थिक अवस्था, प्राकृतिक दृष्यहरु बाट शुरु हुन्छ । बिशेष गरि यो चलचित्रले चेलीबेटीहरुको अवस्था ः बिभेदीकरण , शिक्षाप्रतिको बेवास्ता र थुप्रै थुप्रै ………। एकजना चेली, बाटुली(छारमाया तामाङ) उच्च शिक्षा हासिल गर्न लालायित भएतापनि उनको बुवा, थाप्ले (दावा तामाङ)ले उनलाई छिमेकका छोरीहरुलाई जस्तै बिदेश जान बिवश पार्छन्। त्यहाका केटाहरु धेरै स्वतन्त्र देखिन्छ, उनीहरु प्राय जुवातास खेल्न र दादागिरीमा सम्मिलित हुन्छन्। अभिभावकहरु छोरीहरुको शिक्षा र सामाजिक कृयाकलापलाई भन्दा कमाईलाई प्राथमिकता दिन्छन्। उनीहरु आफ्नो सामाजिक नियम कानुन अनुसार परम्परालाई जोगाउन आफ्नै भान्जा भान्जीलाई ज्वाई बुहारी बनाउने गर्छन । त्यसैले त उनीहरुलाई रोकी राख्न उमेर नपुग्दै स्ह्याल्गर लाने गर्दछ। यो नै यस चलचित्रको मुख्य कथावस्तु हो । यस चलचित्रले मानवजातिलाई एकताको पाठ सिकाउछ जसले गर्दा चलचित्रको सुखद समापन हुन्छ जहाँ सबै जना आफ्ना अनैतिक कार्य छाडेर समाजको उन्नतिमा योगदान दिने बाचा गर्दछन ्।
यदि यस चलचित्रको तत्वहरुको आधारमा विश्लेषण गर्ने हो भने निर्देशक, रोशन फ्युबाले सिन्धुपाल्चोकको एक दुर्गम गाउँ जहा यातायात र चलचित्र छायाङ्कनका लागि आधारभुत आवश्यकताहरुको अभावमा पनि तत्वहरुको राम्रो संयोजन गर्न खोजिएको छ । शुरुवात धेरै स्पष्ट छ जहाँ कुनै पनि कलाकारको नाम र भुमिकालाई बिर्सिएको छैन। चलचित्रका बिबिध मोडमा प्रयुक्त कठीन परिस्थितिहरुले दर्शकलाई के पछि कस्तो बिषयबस्तु आउछ र कसरी समाधान गर्छ भन्ने कुराले उच्चतम बिन्दु(घर जलाउने) सम्म सोच्न बाध्य गराउछ । तर त्यसपछि घर जलाउने जस्ता जघन्य अपराधको प्रायश्चितले स्ह्यालगर चलचित्रमा कुनै हत्या र हिंसा बिना नै समाधानको बाटो अपनाएको छ । अन्त्यमा एकता नै सबै भन्दा ठुलो बल हो र विश्वमाझ महिला बर्गको पनि समाज र परिवारलाई ब्यवस्थापन गर्ने क्षमता हुन्छ भन्ने पाठ सिकाउन खोजिएको छ ।
यस चलचित्रमा कलाकारहरु चाहे निर्माणात्मक वा ध्वंसात्मक सबै एकल भुभिकामा बाँधिएको छ । भाषागत क्षेत्रमा छाडा र गालीहरु भन्दा वाञ्छनीय भाषालाई प्राथमिकता दिइएको छ। चलचित्रले शिक्षा र महिलाको भुमिकालाई समाज सुधार गर्ने उच्चतम अंगको रुपमा लिइएको छ। जस्तै निमा(ङिमा छिरिङ) र उस्को बुवा (फुर सिंघी तामाङ) ले छोपलाई अनैतिक कृयाकलापहरु छोडी सामाजिक कार्यमा लाग्ने उत्प्रेरणा दिइएको छ र बाटुली, साङ्रे र सुनिका बिदेश गई धन कमाई समाज निर्माणमा योगदान दिन खोजिएको छ ।