हाम्रो पालिका

धादिङका ठेकेदारलाई तालिम

By Dhading News

November 29, 2014

धादिङ, नेपाल घरेलु तथा साना उद्योग महासघ धादिङको आयोजनामा शुक्रबार धादिङबेसीमा प्राकृतिक गिट्टी प्रयोगको सम्बन्धमा एक दिने सुचनामुलक एवं सिप अभिवृद्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ । धादिङका ठेकेदारहरुलाई खोलाको बगरमा पाईने गोलो गिट्टीको प्रयोग सम्बन्धी जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । क्रसर बाट ल्याएको गिट्टी प्रयोग गर्दा मङगो र कम टिकाउ हुने भएकाले गोलो गिट्टी प्रयोग गर्न प्रोत्साहन दिने तालिमको लक्ष्य रहेको नेपाल घरेलु महासंघ धादिङका अध्यक्ष बलराम लम्सालले जानकारी दिनुभएको छ । स्वच्छ प्रविधी अपनाऔँ, वातावरण जोगाऔँ भन्ने नाराको साथ दिगो निर्माणको अभ्यास परियोजना अन्र्तगत सन्चालन गरिएको तालिममा ५० जना भन्दा बढी ठेकेदारहरुको सहभागिता रहेको थियो । सहभागिहरुलार्ई आयोजक संस्थाका प्राविधिक अधिकृत निर्मल कुमार थारुले गीट्टीको प्रयोग गर्ने तरीका र फाईदाको बारेमा सहजिकरण गर्नुभएको थियो ।