राष्ट्रिय समाचार

घट्यो पेट्रोलियम पदार्थको मूल्य

By Dhading News

December 19, 2014

यसअघि पेट्रोलको मूल्य १ सय २३ र डिजलको ९७५० रुपैयाँ थियो । आयल निगमको निर्णयसँगै उपभोक्ताले पेट्रोल १ सय १६ रुपैयाँ र डिजल तथा मट्टितेल प्रतिलिटर ९२ रुपैयाँमा पाउनेछन् ।त्यस्तै निगमले हवाइ इन्धनमा १० रुपैयाँ घटाएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताएका छन् । यसअघि हवाइ इन्धनको मूल्य १ सय ४३ रुपैयाँ रहेको थियो ।सरकारले ईन्धनको मुल्य घटाएपछि पेट्रोल पम्पहरुले कृत्रिम अभाव सृजना गरेका छन् ।

काठमाडौं । अन्तराष्ट्रिय बजारमा आएको उतारचढाव अनुसार नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने प्रतिवद्धता बिपरित मुल्य घटाउन आलटाल गर्दै आएको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मुल्य घटाउन चौतर्फी दबाब भएपछि निगमको सञ्चालक समिति बैठकले पेट्रोलमा सात रुपियाँ तथा डिजल र मट्टितेलमा साढे पाँच रुपैयाँका दरले मुल्य घटाएको हो ।