वन, वनस्पति र जलवायु परिवर्तन

891 पटक पढिएको

सम्पादक: Dhading News

रघुराम पराजुली

7dedd3dd3d68de1eb4f6c70ef83895d7रूख–बिरुवाको राम्रो हेरचाह भयो भने कार्बन उत्सर्जनको मात्रा धेरै गुणा कम हुन जान्छ र जलवायु परिवर्तनका असरबाट पर्ने समस्याहरू पनि कमी हुन्छन् । कार्बन तथा हरितगृह ग्याँस उत्सर्जनबाट जलवायु परिवर्तनका असरहरू बढ्ने हुँदा वन वनस्पति संरक्षण गरेर यस्ता ग्याँसहरूको उत्सर्जन कमी गर्नु अत्यावश्यक छ । जलवायु परिवर्तनबाट सिर्जित असरहरू दिन–प्रतिदिन बढ्नुुमा वन वनस्पतिको विनाशले महŒवपूर्ण स्थान लिन्छ । यिनीहरूको संरक्षण र दिगो उपयोगबाट जलवायु अनुकूलन गर्न र असरहरू न्यूनीकरणमा सहयोग पुग्दछ । जैविक विविधताको संरक्षण र संवर्धन गर्नका लागि पनि वनस्पति व्यवस्थापनले टेवा पु¥याउँछ । हाम्रा सम्पूर्ण वन वनस्पति स्रोतहरूको सदुपयोग, विकास र व्यवस्थापनमा विशेष ध्यान दिन सकेमा जलवायु परिवर्तनका असरहरूमा अनुकूलित हुन सकिन्छ ।

वन सम्पदा प्रकृतिले निःशुल्क प्रदान गरेको उपहार हो । यस्ता सम्पदाहरूको सही व्यवस्थापनबाट आर्थिक तथा सामाजिक विकासमा फड्को मार्न सकिन्छ । वन वनस्पतिहरू नवीकरणीय सम्पदा हुन् । जसको विभिन्न आवश्यकता पूरा गर्नका लागि प्रयोग गर्न सकिन्छ । साथै वृक्षरोपण कार्यबाट दिगो संरक्षण पनि सम्भव छ । रूख बिरुवाहरूले कार्बन–डाइअक्साइडलाई लिएर अक्सिजन ङ्खयाँक्ने काम गरेर अक्सिजनको उत्सर्जन बढाइरहेका हुन्छन् । वन वनस्पतिहरू आर्थिक, वातावरणीय, चराचुरुंगी तथा जीवजन्तुको बासस्थान र जल सम्पदाको संरक्षणको दृष्टिकोणले महŒवपूर्ण छन् । वन सम्पदाअन्तर्गत वन क्षेत्र, बुट्यान, चरण क्षेत्र, सिमसार क्षेत्रलगायतका भूभाग पर्दछन् । वनबाट दाउरा, घाँस, सोत्तर, काठ, जडीबुटी, कन्दमूललगायतका उपजहरू प्राप्त भइरहेका छन् । कृषि तथा पशुपालन, उद्योग तथा कलकारखानाहरूको विकास र पर्यापर्यटनका सम्भावनाहरू अनगिन्ती पाउन सकिन्छ, व्यवस्थित वन क्षेत्रमा ।

समृद्धिका लागि वन दीर्घकालीन सोच रहेको त्रिवर्षीय योजनाअनुसार वन क्षेत्रमा सुशासन, संरक्षण र दिगो व्यवस्थापनका कार्यक्रमहरूमा व्यापकता ल्याउनुपर्नेछ । साथै आयआर्जनमा टेवा पु¥याउने खालका कार्यक्रमहरूको व्यवसायीकरणमा जोड दिनुपर्दछ । वन क्षेत्र प्रकृति संरक्षण र पर्यापर्यटनका लागि महŒवपूर्ण आधार बन्न सक्छन् । वन क्षेत्रमा सञ्चालन गरिने कार्यक्रमहरूबाट पनि विकासको मूल प्रवाहमा नपरेका वर्ग खासगरी गरिब तथा विपन्नहरूको पहुँच र चेतना अभिवृद्धि जगाउन मात्र केन्द्रित नभई उनीहरूको आय आर्जन र रोजीरोटीको सुनिश्चितता दिलाई स्थानीय तहमा नै स्वरोजगार बन्ने अवस्थाको सिर्जना गर्नु आवश्यक छ । अनि मात्र वन क्षेत्रले पु¥याएको योगदानको प्रत्यक्ष मूल्यांकन राष्ट्रिय रूपमा हुनेछ ।

दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु तथा वनस्पतिहरूको स्थानीय तथा परस्थानीय संरक्षणसम्बन्धि कार्यक्रमहरूको उचित छनोट भई प्रभावकारी कार्यान्वयन गरिनुपर्दछ । जलवायु परिवर्तनबाट बासस्थान तथा अस्तित्व गुमाउने अवस्थामा रहेका वन्यजन्तु तथा वनस्पतिहरूको संरक्षणका लागि अध्ययन अनुसन्धानका कार्यक्रमहरू आवश्यक छन् । के–कस्ता कार्यक्रमहरू सञ्चालन गर्दा वन तथा वनस्पतिको दिगो संरक्षण हुन सक्छ सोहीअनुसार कार्यक्रम तर्जुमा गर्ने र सहभागितात्मक कार्यक्रम सञ्चालनका लागि जिम्मेवार निकायका कर्मचारीहरूको क्षमता अभिवृद्धि गराइनु पनि आवश्यक छ । वन पैदावारमा आधारित उद्योग प्रवर्धनका कार्यक्रमहरूबाट स्थानीय रोजगारी सिर्जना गर्न सकिन्छ । वन वनस्पतिको संरक्षणबाट मात्र कुनै पनि क्षेत्रको भूअस्तित्व जोगाउन सकिन्छ । चुरे क्षेत्रको संवेदनशीलता मनन गरी यहाँको जैविक विविधता र समग्र पारिस्थितिक प्रणाली जोगाउनकै लागि राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम क्रियाशील देखिन्छ ।

तीव्र जनसंख्या वृद्धि, सहरीकरण, औद्योगीकरण तथा आणविक प्रयोगशालाको विकासको कारण उत्सर्जन हुने हरितगृह ग्याँसहरूको मात्रा बढ्दै गइरहेको छ । नेपालको गौरव भनेको यहाँको हिमाल, तिनै हिमालबाट उत्पत्ति भएका ६ हजार भन्दा बढी नदी नालाहरू, पोखरी, कुण्ड, ताल अनि यिनीहरूकै पानीबाट सिञ्चित यहाँको वानस्पतिक तथा जैविक विविधता हो । सन् २०११ लाई अन्तर्राष्ट्रिय वन वर्षको रूपमा मनाएर वन संरक्षणको अभियान पनि चल्यो तर पनि उल्लेखनीय प्रगति हात लाग्न सकेन । वातावरण सन्तुलित राख्न कम्तीमा ४३ प्रतिशत वन क्षेत्रले ढाकिनुपर्ने भए तापनि नेपालको वन क्षेत्रको आँकडा कमै छ । वन क्षेत्र पारिस्थितिक प्रणालीको महŒवपूर्ण तŒव हो र वन क्षेत्रमा पाइने काष्ठ तथा गैरकाष्ठ वनपैदावार र तहाँको जैविक विविधता जनजीविकाको आधार हो । मिचाहा प्रजातिहरूको प्रवेशले गर्दा वानस्पतिक विविधतामा असर पर्दछ ।

कार्बन भण्डारको रूपमा रहेका सिमसार क्षेत्रहरूको संरक्षणमा पनि ध्यान दिनुपर्दछ । रूख बिरुवाहरूको संख्या बढाएर उत्सर्जित कार्बनको मात्रामा न्यून गर्न सकिन्छ । देशभित्रका सम्पूर्ण वनस्पति स्रोतको पहिचान र तिनीहरूको प्राकृतिक अवस्थाको अध्ययन गरिनुपर्दछ । जलवायु परिवर्तन न्यूनीकरण गर्नका लागि अनवीकरणीय ऊर्जाको कम प्रयोग, नवीकरणीय ऊर्जाको दिगो प्रयोग (सौर्य ऊर्जा, जलविद्युत्, जैविक ऊर्जा) मा जोड दिनुपर्दछ । जलवायु अनुकूलनका लागि बाढी–पहिरो नियन्त्रण, वैकल्पिक जीविकोपार्जन, जोखिम न्यूनीकरणतर्फ ध्यान जानुपर्दछ । अकासे पानी संकलन, बायो इन्जिनियरिङ, इनार, कुवा, तथा पोखरी संरक्षण, जैविक विविधता संरक्षण, जीवन बिमा, पशुबिमा, बाली बिमा, परम्परागत सीप, प्रविधि तथा ज्ञानको प्रयोगमा बढावा दिनुपर्ने हुन्छ ।

आवश्यकता परिपूर्तिका नाममा मानवीय हस्तक्षेप दिन–प्रतिदिन वन क्षेत्रमा बढ्दै गइरहेको छ । अति चरिचरण, वन विनाश, वासस्थान अतिक्रमण, डढेलो, भू–क्षय, बाढी–पहिरो तथा पूर्वाधार विकासजस्ता कारणहरूले वन पैदावार प्रभावित बनिरहेका छन् । यस्ता असरहरूबाट बच्नका लागि स्थानीय तहमा जनचेतना अभिवृद्धि र क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गर्नुपर्दछ । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा पनि समृद्धिका लागि वन भन्ने दीर्घकालीन सोचलाई कार्यान्वयन गर्न वन क्षेत्रको दिगो र वैज्ञानिक व्यवस्थापन, व्यवसायीकरण, पर्यापर्यटनको विकास र रोजगारी सिर्जना हुने खालका कार्यक्रमहरू सञ्चालन गरिने उल्लेख गरिएको छ ।

वन क्षेत्र बढाउनका लागि वातावरणीय शिक्षा, वृक्षरोपण, अनुगमन तथा मूल्यांकन, भू–उपयोग, हरियाली प्रवर्धन एवं दिगो वन व्यवस्थापनमा ध्यान दिइनुपर्दछ । अनवीकरणीय ऊर्जाहरूको प्रयोगमा सकेसम्म नियमन, नियन्त्रण र न्यूनीकरण गर्नका लागि जलविद्युत्, सौर्य ऊर्जा, जैविक ऊर्जा तथा वायु ऊर्जा विकासमा जोड दिनुपर्ने र आवश्यक कानुनी लगाम कस्नुपर्ने आवश्यकता छ । त्यसैगरी, वनजंगल फँडानी, कटानी, अवैध चोरी–निकासीजस्ता क्रियाकलापलाई नियन्त्रण गर्नुपर्दछ । वन सम्पदाको संरक्षण र प्रवद्र्धन नै सबैभन्दा सरल र सहज उपाय हो । जसबाट नेपालजस्तो भौगोलिक विविधता र प्राकृतिक हराभरा भएको मुलुक जलवायु परिवर्तनका असरहरूबाट कम प्रभावित बन्न सक्दछ ।

वनस्पति रोपौं, हुर्काऔं, बढाऔं, वन क्षेत्रको अभिवृद्धि गरौं । स्वस्थ वातावरण सिर्जना गर्नका लागि वन वनस्पतिको बढोत्तरी जरुरी छ । कार्बनलगायत विभिन्न हरितगृह ग्याँसहरूको उत्सर्जनले जलवायु परिवर्तनका असरहरू बढी मात्रामा महसुस गरिँदै छ । यस्ता असरबाट कम प्रभावित बन्न सकिने उपायहरूको खोजी भइरहेको छ । कार्बन उत्सर्जन विश्व उष्णीकरणको प्रमुख कारण हो । बिरुवाहरू कार्बन–डाइअक्साइड लिन्छन्, सञ्चित गर्छन् र अक्सिजन ङ्खयाँक्दछन् । यिनीहरूको संरक्षण गर्न सके कार्बन उत्सर्जनमा कमी ल्याउन सकिन्छ । त्यसैले, जलवायु परिवर्तनसँग दिगो अनुकूलित हुनका लागि वन वनस्पतिको दिगो व्यवस्थापन जरुरी छ ।

वन क्षेत्रमा सञ्चालन गरिने कार्यक्रमहरूबाट पनि विकासको मूल प्रवाहमा नपरेका वर्ग खासगरी गरिब तथा विपन्नहरूको पहु“च र चेतना अभिवृद्धि जगाउन मात्र केन्द्रित नभई उनीहरूको आय आर्जन र रोजीरोटीको सुनिश्चितता दिलाई स्थानीय तहमा नै स्वरोजगार बन्ने अवस्थाको सिर्जना गर्नु आवश्यक छ ।

(पराजुली वनस्पति विभागका सहायक वैज्ञानिक अधिकृत हुन् ।)

राजधानी दैनिकवाट