मुख्य समाचार

धादिङमा पनि क्रिममस डे मनाईर्दैँ

By Dhading News

December 25, 2014

ईसाइ धर्मावलम्बीहरुको महान पर्व क्रिसमस  धादिङ सहित देशभर विभिन्न कार्यक्रम गरी हर्षोउल्लाासकासाथ मनाइँदैछ । ईसाई धर्मका प्रवर्तक जिसस क्राइस्टको जन्म दिनको रुपमा डिसेम्बर २५ मा क्रिसमस मनाइन्छ । ईसाई धर्मावलम्बीहरुले आज चर्च सार्वजानिक स्थल्हरुमा प्रार्थना तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु गरी क्रिसमस मनाउँदैछन। हाल क्रिश्चियन धर्मावलम्बी बाहेक अन्य समुदायका युवाहरुसमेत क्रिसमस तथा अन्य मनोरन्जनपूर्ण चाढको रुपमा मनाउने गर्दछ। नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरेपछि क्रिसमस पर्वलाई पनि राष्ट्रिय पर्वको रुपमा मान्यता दिएको छ । क्रिसमसको अवसरमा आज धादिङबेसीमा इसाई संघसंस्थाहरुले क्रिसमस महोत्सवको आयोजना गरेका छन । सरकारले क्रिसमस पर्वको अवसरमा आज सार्वजानिक बिदा समेत दिएको छ । नेपालमा हाल करिब २० देखि ३० लाख नेपाली इसाई धर्मावलम्बी रहेको र करिब २ हजार ५ सय चर्च रहेको अनुमान गरिएको छ ।सूर्यका भक्त रहेका रोमका तत्कालीन बादशाह कन्स्टेन्टाइनले सन् ३५० देखि यो महोत्सव मनाउन सुरु गरेका हुन्न।