राजनीतिक नेताहरुको रोचक लभ स्टोरी, को कस्को चलेको थियो चक्कर ?
1717 पटक पढिएको
आज भ्यालेन्टाइस् डे, अर्थात् प्रेम दिवस । विश्वभरि नै ठिटा ठिटी आफ्ना प्रेमी प्रेमीकासँग आज डेटीङ जान्छन्, गुलाफ साटासाट गर्छन् । सन्त भ्यालेन्टाइनको सम्झनामा मनाइने प्रणय दिवसको यो वासन्ती माहौलमा यसपटक रातोपाटीले मुलुकका राजनीतिक नेताहरुको प्रेम र विवाहका प्रसँग खोतल्ने जमर्को ग¥यो । यसक्रममा कम्युनिष्ट नेताहरुले भूमिगत कालमा अन्र्तजातीय प्रेम विवाह गरेको पाइयो भने कतिपय नेताले भगाएर विवाह गरेको पनि पाइयो । अनी कसै कसैले परम्परागत विवाहपछि पत्नीसँग प्रेम गरेको पाइयो । प्रस्तुत छ, केही नेता र चर्चित व्यक्तित्वको प्रेम र विवाहका प्रसँगहरुको चियो चर्चो :
रामवरण–जुलेखाको डबल विवाह
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले जिवनमा दुई पटक विवाह गरेको देखिन्छ । यसको अर्थ उनले बहु विवाह गरेका भने हैनन् । उनको पालमा विवाहका लागि केटी हेर्ने तरीका अदभुत थियो । केटा केटीवीच आमने सामने हुदैनथ्यो । फोटो हेर्ने चलन पनि थिएन । एउटा लामो बाँसको लौरो लिएर लमी (वर्तुहार) केटीको घरमा पुग्थे । बाँसको लौरोले केटीको उचाई नापीन्थ्यो । केटासँग केटीको उचाई मिलेमा विवाह पक्का, नमीले क्यान्सील । अर्कोतीर स्टाटस पनि हेरिन्थ्यो । कति जग्गा जमीन छ, कति हल गोरु, पोखरी छ, कस्तो परिवार छ, त्यो हेरिन्थ्यो । राष्ट्रपती यादवले पनि जुलेखादेवी यादव नाम गरेकी कन्यासँग बाँसको लौरोले उचाई नापेर परम्परागत विवाह गरेका हुन् ।
त्यसबेला एउटै दम्पतीको दुईपटक विवाह हुन्थ्यो । रामवरणले पनि जुलेखासँग १३ वर्षको उमेरमा पहिलो र १८ वर्षको उमेरमा दोश्रो पटक विवाह गरे । रामवरण र जुलेखा दम्पतीको प्रेम बाटीकामा तीन सन्तान भए । जेठा छोरा डा. चन्द्रमोहन यादव, कान्छा छोरा इन्जीनियर चन्द्रशेखर यादव र छोरी अनिता यादव ।
परमानन्द–नबिनाको जम्यो जोडी
उपराष्ट्रपति परमानन्द झाले सत्र वर्षको उमेरमा नविना झासँग विवाह गरेका रहेछन् । विलकुल एरेन्ज म्यारिज । त्यसबेला केटा र केटीबीच हेराहेर गर्ने चलन थिएन । परिवारले नै केटी हेरेछन् । विवाहको कुरो छिन्े । परमानन्दले त विवाहकै दिन नबिनालाई देखेका रहेछन् । उनको विवाह हुँदा समाज अर्कै थियो । केटी र परिवार ठिक छ की छैन भनेर परिवारले नै हेर्थे । विवाहपछि नबिनाले हरेक सुख दुखमा आफुलाई साथ दिएको झाको अनुभव छ । ‘मेरो कुनै पनि काममा श्रीमतीले मलाई असहयोग गरीनन्, सहयोग नै गरीन् । त्यही नै उनको सबैभन्दा ठूलो गुण हो ।’, परमानन्द भन्छन् । घर व्यवहारमा कहिलेकाँही ठाकठुक पर्ने गरेको बताउँदै झा भन्छन्, ‘तर, हामीबीच कटुता कहिल्यै भएन । परिवारबाट सन्तुष्ट छु । जीवनलाई सफल ठानेको छु ।’
मैथीली परम्परा अनुसार परिवारको सहमतीमा विवाह गरेका उपराष्ट्रपती अहिलेको नयाँ पुस्तालाई के सन्देश दिन्छन् त ? ‘अब हेर्नुस, समय बदलीसकेको छ । नयाँ भाइ बहिनीहरुले जे कुरामा आफनो इच्छा लाग्छ, त्यही गर्नुपर्छ,’, उनी भन्छन् । विवाहअघि कुनै स्त्रीसँग प्रेम सम्बन्ध नरहे पनि उनलाई प्रेमको अनुभूती भने छ । ‘प्रेमको सुन्दर पक्ष भनेको आफनो मन मिल्नु हो । कसैले कसैको मनलाई आराम दिन् नै प्रेम हो । अहिले त म सबैभन्दा बढी परिवारलाई प्रेम गर्छु । त्यसपछि आफनो समाजलाई प्रेम गर्छु । अनी देशलाई प्रेम गर्छु ।’, उनी भन्छन्् । उपराष्ट्रपती झा सेक्सका बारेमा पनी स्पष्ट छन्। ‘सनातन कालदेखि नै सेक्सको महिमा रहँदै आएको छ । अन्यथा संसार कसरी चल्न सक्छ र ? अहिले ससारमा मानीसको जुन ६ अर्बको आवादी(जनसंख्या) छ, यो कुनै सुई लगाएर भएको हैन, त्यो त सेक्सकै परिणाम त हो नी ।’, उनी थप्छन्, ‘सेक्स सनातनदेखी भईआएको क्रिया हो, जसबाट यो संसार चलीरहेको छ । भविश्यमा पनि चलीरहन्छ । अन्यथा संसार चल्दैन । नयाँ प्रविधिमा गएर टेष्टटयूब बेबी जन्माउने हो भने बेग्लै कुरा, हैन भने संसारमा सेक्स अपरिहार्य छ ।’
झलनाथ–रवीलक्ष्मी : भूमिगत प्रेम
२०३९ सालको जाडो याम । बेलुकी पख एउटा भूमिगत सेल्टरमा झलनाथ खनालको विवाह भयो, रविलक्ष्मी चित्रकारसँग । काठमाडौंमा कार्यकर्ता भेलाका दौरान खनालले रविलक्ष्मीलाई देखेका रहेछन् । मनमनै मन पनि पराएका रहेछन् । अनी उनले नै पहिलो प्रस्ताव राखेका रहेछन् । प्रस्ताव राखेको केही समयपछि बल्ल रवीलक्ष्मीबाट स्वीकार भएको रहेछ । दुवैको मायाको चिनो स्वरुप जन्मिएका छोरा निर्भिक खनाल चित्रकार अहिले अमेरिकामा पढिरहेका छन् । श्रीमती रवीलक्ष्मीसँग कहिलेकाँही झोकाझोकी चले पनि आम रुपमा सम्बन्धमा आत्मीयता र प्रेम रहेको उनी बताउँछन् । ‘मेरो सफलता र प्रगतिमा रवीलक्ष्मीको पनि ठूलो योगदान छ,’, उनी भन्छन् ।
प्रेम र विवाहबारे अहिलेको पुस्ता निकै संवेदनशील हुनुपर्ने खनालकोे सुझाव छ । ‘अहिले हाम्रो समाज संक्रमण अवस्थामा छ । कतिपय मानिस मागी विवाह गर्छन्, कसैले प्रेम विवाह गर्छन् भने कोही अविवाहीत नै रहन रुचाउँछन् । समाजको आर्थिक, सामाजिक विकासले पनि वैवाहीक संबन्धका रुपलाई प्रभावित गर्दैछ,’ उनी भन्छन् । प्रेम के हो ? यसबारे उनको विश्लेषण छ, ‘प्रेम एउटा प्राकृतिक नियम हो । मानिस दुईवटा खेमामा विभाजीत भएर जन्मीएको हुन्छ । एउटा महिला र अर्को पुरुष । आपसी सम्बन्ध बिना उनीहरुको जीवन चल्दैन,’ ‘सेक्स के हो कमरेड ?’ भन्ने प्रश्नमा खनाल भन्छन्, ‘सेक्स पनि प्रेमकै अंग हो । सेक्स आवश्यक छ । सेक्स बिना मानिसको प्रगति हुदैन । तर सेक्सको दुरुपयोग र गलत व्याख्या गर्नुहुदैन ।’
गोरखपुरमा बामदेव–तुलसाको इलुइलु
‘मनपराउने हजार भेटीन्छन्, जुनी काट्ने एउटै हुन्छ’ भने झैं, बामदेवले पनि दुई जना कन्यालाई निकै मनपराएका रहेछन् । एउटीसँग विवाहको प्रस्ताव राखे, अस्वीकार गरियो । अर्कीसँग राखे, अर्कीले पनि मानिनन् । २०३१ सालतीरको कुरो हो । पार्टी कामको दौरानमा उनी गोरखपुर पुगेका थिए । गोरखपुरमा पार्टी सम्पर्क स्थलमा एउटी केटी भेटिइन् । उनीसँग छोटो भेटघाटमै माया बसेछ, गौतमको । ‘म त्यहाँ जाँदा विवाह गर्ने उमेर भइसकेको थियो । उनीसँग भेटघाट भयो । ल गरम तनी विवाह भनियो, गरियो ।’, श्रीमती तुलसासँगको प्रणयका क्षणहरु सम्झदै बामदेवले भने । विवाह निकै भूमिगत स्थलमा भूमिगतै पाराले भएको थियो । विवाहमा रुपन्देहीमा कार्यरत पार्टीका साथीहरु सहभागी थिए । राती वरपर सुरक्षा गार्ड राखेर विवाह भएको थियो । ‘मलाई तुलसीको बोली मन पर्छ । मलाई हरेक स्त्रीको मन पर्ने कुरो पनि बोली नै हो ।’, गौतम भन्छन् ।
गौतमको विचारमा प्रेम भनेको समर्पण हो । ‘प्रेममा जिवन भएन भने त्यो नक्कली कुरा हुन्छ, जिवनमा प्रेम भएन भने त्यो अधुरो हुन्छ । प्रेम नभईकन जिवन नै हुदैन । प्रेमले नै मानिसलाई जिवित राख्छ । त्यसको अभावको त कल्पना नै गर्न सकिन्न ।’, उनले भने । उता, सेक्स प्राकृतिक आवश्यकता भएको उनको ठहर छ । ‘प्रेम, लगाव, समर्पण र समागम भएपछि सेक्समा परिणत हुन्छ । तर, युवाहरुले यस्ता कुराहरुमा विचार पु¥याउनुपर्छ,’, उनले भने । डान्स, बार र मसाजहरुमा खुला सेक्सलाई नियन्त्रण गर्ने गृहमन्त्री अहिले चाँही यसो भन्छन्, ‘संसारमा यस्ता कुराहरु रोक्ने प्रयन्त पनि गरिन्छ, त्यो आई पनि रहन्छ ।’ श्रीमतीवाहेक अरुसँग सेक्स नभएको उनले बताए । ‘हेर्नुस्, म सेक्सको मामलामा खुला मान्छे होइन । जुन मान्छे वाहिर हेर्दा दुरुस्त छ भन्ने हुन्छ, ति मान्छेहरु भित्र भित्र सडेका र विग्रेका पनि छन्् । तर मैले त्यस्तो कहिल्यै गरिन,’, उनले भने ।
मदनले मन पराएका थिए विद्यालाई
भूमिगतकालमा नेताहरुले प्रायः पार्टीकै सर्कलभित्र नै विवाह गर्ने चलन थियो । पार्टी सर्कलभन्दा बाहिर विवाह गर्दा खतरा हुन्थ्यो । तात्कालीन मालेका नेता मदन भण्डारीको घरजम भइसकेको थिएन । वरिष्ठ नेता भएकाले मदनको जिवनलाई व्यवस्थीत बनाउन एउटी जिवन साथीको खाँचो थियो । एकदिन मदनको तर्फबाट विवाहका लागि विद्या भण्डारी समक्ष प्रस्ताव पु¥याईयो । विद्याले स्वीकार गरिन् । अनी २०३९ साल साउन २४ गते पार्टीले नै मदन–विद्याको विवाह गरिदियो । विवाह कार्यक्रममा माधव नेपाल, मुकुन्द न्यौपाने, अशोक राई, इश्वर पाखरेललगायतका नेता सहभागी थिए ।
विद्याको विचारमा प्रेम भन्ने कुरा प्राकृतिक हो । ‘प्रेम एउटा यस्तो बन्धन हो, जसले संसारलाई बाँधेर राखेको छ । तर, प्रेमका नाममा मानिसले नाजायज फाईदा लिन्छन्् । प्रेमी र प्रेमीकाबीचको प्रेम पनि आवश्यक हो । जीवन र जगतलाई निरन्तरता दिन प्रेम आवश्यक छ ।’, उनी भन्छीन । अहिले विद्याका दुई छोरीहरु पनि ठुली भैसकेका छन् । जेठी उषाकिरणले जवाहरलाल नेहरु विश्व विद्यालयबाट मास्टर्स डिग्री पुरा गरेकी छिन्् भने निषाकुसुमले एमविविएस पूरा गरेकी छन् ।
किर्तिनिधिले बोधकुमारीलाई विवाहकै दिन देखे
वि सं १९९७ सालतीरको कुरा प¥यो । त्यसबेला अहिलेकोजस्तो आफैले जिवनसाथी रोज्ने चलन कमै थियो । त्यसैले खानदानी परिवारका लक्का जवान किर्तिनिधि बिष्टको विवाह भयो, बा आमाले खोजेकै कन्यासँग । ति कन्या थिईन, नौ वर्षीया बोधकुमारी । किर्तिनिधि त्यसबेला तेह« वर्षका थिए । ‘अब हेर्नस बाबु, आफुले चाहेर, मन पराएर, चिठी लेखेर, आँखा झिम्क्याएर वा सुसेली हालेर केटी फकाएको हैन क्यार । त्यसबेला त्यस्तो चलन नै थिएन’, पूर्व प्रधानमन्त्री बिष्ट आफनो तन्नेरीवय स्मरण गर्छन, ‘बोधकुमारीलाई त मैले विवाहकै दिन देखेको ।’
तीन वटा राजाको पालामा प्रधानमन्त्री बन्न सफल वरिष्ठ राजनीतिज्ञ किर्तिनिधि बिष्टको बिबाह पनि बाजै बजाएर भएको हो । तर अहिलेको जस्तो ब्याण्ड बाजाको चलन थिएन । ‘चार पाँच जना बसेर खै के के बाजा बजाएका थिए,’, बिष्ट भन्छन््, ‘बडो साधारण विवाह थियो ।’ बोधकुमारीमा के विशेषता रहेको पाए त उनले ? भन्छन्््, ‘अहिले महिलाको व्यक्तित्व जसरी उजागर भईरहेको छ, हाम्रो पालामा यस्तो थिएन । त्यसबेला दुलही त एउटी गृहणी र अर्धांगीनी बनेर आउँथिन् । विश्वास, संस्कार र संस्कृतीले बाँधेको गठबन्धन हुन्थ्यो । मागी विवाह नै राम्रो थियो ।’ अहिले भने प्रेम विवाहको बोलबाला भएको उनी बताउँछन्् । ‘हाम्रो जमानामा मागी विवाह उत्तम थियो, अहिलेको जमानामा लभ म्यारीज उत्तम छ । समाज प्रयोगको क्रममा गईरहेको छ । यो परिवर्तन त कहिल्यै रोकिदैन नी’, उनी भन्छन् ।
किर्तिनिधिको विचारमा प्रेम भन्ने कुरा सहबास हो । ‘तपाई र म कुनै एउटा काममा धेरै कालसम्म लाग्यौ भने हामी दुःख सुख, उकालो ओरालो, अनेक कष्ट, पिडाहरु बाँडछौं । त्यही त हो, प्रेम’, बिष्ट भन्छन्, ‘प्रेम भनेको त्यसै आउने कुरा होईन । अब अहिले त कुनै कन्यालाई राम्री देख्यो, अनी उसँग मेरो प्रेम भो भन्यो । त्यसलाई त प्रेम भनीदैन । प्रेम एडभेन्चर हैन ।’ उनको अनुभवमा प्रेम त मिठो खाना हो, त्यसलाई खान जान्नुपर्छ । ‘खान जान्यो भने प्रेमको स्वाद नै बेग्लै हुन्छ’, उनी भन्छन् ।
उनी सेक्स र प्रेमको अर्थ र उपयोगीता अलग अलग भएको बताउँछन्् । ‘अब हेर्नुस सेक्समा सन्तुष्ट नभएर अर्को विवाह गर्ने चलन पनि छ । तर प्रेम भन्ने कुरा छ नी, त्यो त बेग्लै कुरा हो, यसलाई सेक्सँग जोडनै मिल्दैन’, बिष्ट भन्छन्् । तर उनी सेक्सलाई खराब पनि ठान्दैनन् । ‘लौ, सेक्स भन्ने कुरा त अपरिहार्य छ नी । त्यो शरीरको डिमान्ड हो । अब हेर्नुस त, सेक्स नभएको भए अहिले मानव जातीको अस्तीत्व नै समाप्त हुन्थ्यो’, उनी भन्छन्, ‘पहिले पहिलेका योगी ऋषि मुनीहरु पनि विवाह गरेर बस्थे । सेक्स त नेचुरल हो । त्यसलाई सही ठाउँमा प्रयोग गर्नुपर्छ ।’ बढदो उमेरसँगै सेक्स क्रिया पनि घटदै जाने उनको अनुभव छ । ‘अब जति बुढो भयो, त्यति सेक्स कम हुन्छ’, उनी भन्छन्, ‘तर अब यो पनि मानिसको स्टामीना भन्छन्् नी, त्यसमा भर पर्ने कुरो हो क्या ।’
पवित्र प्रेमको पक्षमा लोकेन्द्रबहादुर
आफ्नो प्रेम र विवाहका बारेमा पुर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले केही कुरा खुलाएनन् । तर प्रेमका बारेमा दार्शनीक कुरा भने गरे । खप्तड स्वामीको पुस्तक ‘विचार विज्ञान’मा उल्लेखीत ‘सबैलाई मन पराउनुहोस्, कसैको कुभलो नचिताउनुहोस’भन्ने बाक्यबाट प्रभावीत भएकाले आफुले कसैको कुभलो नचिताएको चन्द बताउँछन्् । उनी भगवानप्रति आस्था राख्छन्् । ‘अनुशासीत बन्न पनि मन्दीर जान्छु । सवैको भलो होस भनेर चिताउँछु’, उनी भन्छन् । जव सोधीन्छ, प्रेम के हो ? चन्द भन्छन््, ‘सवैभन्दा ठृुलो कुरा नै प्रेम हो । प्रेम इश्वर हो । सवैलाई प्रेम गर्न सक्नुभयो भने इश्वर प्राप्ती नै त्यही हो । तर मलाई भने त्यो अनुभव छैन ।’ निस्वार्थ प्रेम गर्ने मानीसले मुलुकलाई पनि प्रेम गर्ने चन्दको धारणा छ । ‘जसले कसैलाई प्रेम गर्दैन, उसले देश र जनतालाई पनि प्रेम गर्दैन’, चन्द भन्छन्, ‘म पवित्र प्रेम हुनुपर्छ भन्ने कन्सेप्ट राख्छु । त्यसको आफनै आनन्द छ । प्रेममा सेक्स अर्को पाटो हो । म त प्रेमको पवित्रताको सुगन्ध राम्रो हुन्छ भनेर सोच्ने मानिस हुँ ।’
‘सत्र साल’मै भयो पौडेलको विवाह
वि.सं २०१७ सालमा गाउँकै कन्या सवितासँग विवाहको कुरो चल्दा रामचन्द्र पौडेल पोखरामा पढ्दै थिए । त्यसै साल राजा महेन्द्रले प्रजातन्त्र मासेका थिए । उनलाई थाहा नै नदिई गाउँमा बा–आमाले विवाहको कुरो छिन्नुभएछ । ‘लौ विवाह छिनियो आईज भन्दै मान्छे लिन आए । नजाउँ पनी भएन । त्यसरी पो मेरो विवाह भएको’, उनी सम्झन्छन््, ‘विवाह त बाजै बजाएर गरेको नी’, मेरो विवाह त हाम्रो गाउँको सबैभन्दा ठुलो विवाह हो । खसी बाख्रा काटेर भोज भत्तेर नै लगाएको ।’ पौडेलको राजनीतिक संघर्ष र जेल यात्राका कारण जिवनका धेरै उर्वर समय सवितासँग बित्न पाएन । तैपनी, श्रीमती सविता घर परिवार हेरेर, व्यवहार धानीदिएर आफुलाई अमुल्य गुन लगाएको र जीवनमा हर घडी साहस दिएको पौडेल बताउँछन् ।
साहित्यका समेत विद्यार्थी पौडेलको अनुभवमा प्रेम मनोविज्ञानको एउटा महत्वपूर्ण पक्ष हो । ‘मानिसको भावना र कुतुहलता नै प्रेमको आधार हो । जुन मानिसलाई भित्रबाट मनपर्छ, हृदयदेखी नै मनपर्छ अथवा जुन कुरा प्रति आकर्षित भइन्छ, त्यो नै प्रेम हो’, पौडेल भन्छन् । त्यसैले उनी ठान्छन्, सेक्स साईकोलोजी मात्र प्रेम हैन । ‘गीत, साहित्य, राजनीति, प्रकृती, शौन्दर्यसँगको प्रेम पनि प्रेम नै हो’, पौडेल भन्छन्, ‘मलाई त पानीको सौन्दर्य मनपर्छ । मेरो गाउँमा एउटा ठुलो डाँडो छ । त्यहाँ हरियो पृष्ठभूमीमा सात वटा सेता छाँगा–छहरा झरेको देखिन्छ । माथि अन्नपुर्ण रेन्जमा सेतै हिमाल । अनी कतै तलाउ निलोपन । आहा…ती सबैले मेरो मन अल्हादीत पार्छन । त्यो पनि त एउटा प्रेम हो ।’ उनको विचारमा सेक्स चाँही भौतिक आवश्यता र मनोवैज्ञानिक पक्ष दुबै हो ।
प्रकाशमानको विहेमा किसुनजी जन्ती
२०४२ सालको सत्याग्रहमा काँग्रेस नेता प्रकाशमान सिंह पक्राउ परे । उनलाई भद्रगोल जेलमा राखीयो । हुन पनि राजनीतिमा लागेकाले उनको जिवन भद्रगोल नै थियो । भद्रगोलबाट रिहा भएपछि भने उनको जिवनको भद्रगोल पनि हटयो । कसरी भने उनले २०४३ सालको फागुनतीर गोरखाकी सिर्जना सिंहसँग मागी विवाह गरे । सिर्जनाकै कारण प्रकाशमानको राजनीति अझ सिर्जनात्मक र व्यस्थित हुन पुग्यो । ‘सिर्जनालाई त मागेरै विवाह गरेको हो । लभ म्यारीज हैन । उनी मलाई ठिक लाग्यो, अनी विवाह गरियो’, प्रकाशमान भन्छन् ।
गोरखाका पृथ्वीनारायण शाहले काठमाडौंमा हमला गरेर आफनो राज्यमा गाभेका थिए । त्यो त फौजी एकता न थियो । तर प्रकाशमान र सिर्जनाको विवाह भने गोरखा र काठमाडौंवीच भावनात्मक र आत्मीक एकता थियो । त्यही भएर होला, प्रकाशनमानको जन्ती जानेहरुको लर्को लामै थियो । गोरखाकी चेली काठमाडौं भित्रयाउन नेपाली काँग्रेसका कृष्णप्राद भट्टराई, गिरिजाप्रसाद कोईराला र शेरबहादुर देउवालगायत सवै नेता जन्त गएका थिए ।
प्रेम भनेको दुवैतर्फको आतमीयता, सह–अस्तीत्व भाव र भावना बुझने प्रकृया भएको प्रकाशमान बताउँछन् । ‘म प्रेममा सबैभन्दा बढी महत्व नैतिकता र विवेकलाई दिन्छु’, प्रकाशमान भन्छन्, ‘प्रेम पत्नी, परिवार, समुदाय, देश र यो समग्र अस्तीत्वलाई गर्नुपर्छ । प्रेम भनेको भाव हो, सवैप्रति प्रेम भाव हुनुपर्छ ।’ तर सेक्सबारेमा भने उनी खुल्दैनन । ‘अव सेक्सको कुरा फिल्म स्टारहरुलाई सोध्ने हो । हामीलाई हैन’, प्रकाशमान भन्छन्, ‘सेक्स बाईलोजीकल निड हो । म चाँही चरीत्रमा जोड दिनैपर्छ, नैतिकतामा जोड दिनुपर्छ भन्ने मानिस हुँ । त्यसैले सेक्सको धेरै चर्चा नगरौं ।’
शेखर र पुनमको राजनीतिक विवाह
शेखर विराटनगरको ठिटो । पुनम पनि विराटनगरकै ठिटी । तर यो जोडीको विवाह भयो, काठमाडौंमा । ‘हाम्रो एरेन्ज म्यारीज हो’,नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईराला सम्झन्छन्, ‘पुनम त गिरीजावावुको मिसेज शुषमाको विद्यार्थी । मेरो मुमाले पनि उनलाई मन पराउने । पुनमको दाजु मेरो क्लास मेट । दुवै परिवारले हाम्रो जोडी मिलाएको ।’ वुबा केशवप्रसाद कोईरालालाई क्यानसर भएकाले शेखर र पुनमको विवाह विराटनगरमै गर्ने भनीयो । तर विपी कोईरालाको जोड रहयो, ‘हैन, यो विवाहलाई राजनीतिक पनि बनाउनुपर्छ । त्यसैले काठमाडौंबाटै गर्नुपर्छ ।’ त्यसैले विराटनगरमा विवाहको सबै तयार भए पनि त्यसलाई त्यसलाई रद्द गरेर काठमाडौमा विवाह भयो ।
काठमाडौंको ज्ञानेश्वरस्थित घरमा विधि विधान र संस्कार अनुसार विवाह गरिए पनी निकै फटाफट सम्पन्न भएको थियो । ‘नौ विहान नौ हामी विवाहका लागि बसेका थियौं, दिउँसो दुई बजे त पुनमलाई भित्रयाईसकेको थिएँ’, शेखर सम्झन्छन्, ‘विपी कोईरालालगायत हामी जम्मा बत्तीस जना जन्ती गएका थियौं । लक्ष्मण बस्नेतले जन्तीको गाडी हाँकेका थिए ।’ पछि विवाह भोजमा भने तिन हजारभन्दा बढी पाहुना सहभागी भएका थिए ।
डा. शेखरको विचारमा प्रेम एक आपसको आत्मीयता नै हो । ‘श्रीमान र श्रीमतीले एक अर्कालाई बुझन सक्यो भने त्यही नै हो प्रेम’, शेखर भन्छन्, ‘एक अर्कालाई जती बुझन सकियो, प्रेम बढदै जान्छ ।’ त्यसैगरी सेक्स पनि मानवको आवश्यकता भएको उनी बताउँछन् । ‘धेरै ब्रम्हचारीहरु सेक्स विना पनि बाँचेका छन्, त्यसैले सेक्स बिना मानिस बाँच्नै सक्दैन भन्नु पनि बेकार कुरा हो’, उनी भन्छन् ।
सुपात्रासँग अचेल पर्दैन, ठाकठुक
यो त्यसबेलाको कुरा हो, जतिबेला काँग्रेस नेता शसांक कोइराला बनारसमा पढिरहेका थिए । उनी विएससी पढीरहेकै बेला एमविविएस गरीरहेकी सुपात्रासँग भेट भयो । उनी विदेशी नारी । ‘हाम्रो कम्युनिटी इन्टरन्यासनल कम्युनिटी । ग्यादरीङ हुन्थ्यो । भेटघाटका क्रममा सुपात्राको हरेक गुण मन पर्न थाल्यो । अनी हामीले लभ म्यारीज ग¥यौं ।’, सुपात्रा कोईरालासँगको प्रणव सम्बन्धबारे शसांक भन्छन् । उनीहरुको विवाह काठमाडौंमा भएको थियो, सन् १९७९ मा । ‘हाम्रो विवाहमा पाहुनाहरु टन्नै आएका थिए । धेरै देशका राजदूतहरु थिए । भारतबाट वरिष्ठ नेता चन्द्रेशखर आउनु भएको थियो । भोज चाँही भव्य थिएन, चिया र समोसा मात्र थियो । बुबाले आफनै हातले लेखेको निमन्त्रणा पत्र बाँडीएको थियो । मैले नेपाली दौरा सुरुवाल लगाएको थिएँ ।’, उनी सम्झन्छन् ।
सुपात्रा हाल ओम नर्सिङ होममा चिकित्सक छिन् । ‘उनले मैले राजनीति गरेको रुचाएकी छैनन । तर, जे इच्छा लाग्छ, त्यही गर भनेकी छिन् । उनको पुर्ण सहयोग छ, मलाई ।’, शसांक भन्छन्, ‘सुखी परिवार छ, हाम्रो । कहिलेकाँही ठाकठुक परिरहन्छ । त्यो त स्वाभाविकै हो ।’, उनी भन्छन्् । शसांक–सुपात्राकी छोरी सुप्रिया अहिले अमेरीकामा छिन् । उनी पढाई पुरा गरेर त्यहीं काम गरीरहेकी छिन् ।
प्रेम के हो त ? शसांक भन्छन्, ‘प्रेम भनेको ठृुलो जिम्मेवारी हो । विवाहपछि पनि प्रेम हुनसक्छ । प्रेम जुनसुकै जातीसँग पनि हुनसक्छ । जातीपातीका कुरालाई कोईराला परिवारले मतलव राख्दैन । त्यसैले त हामी संघीयतामा जाँदा पनि जातीय आधारमा हुनहुदैन भनीरहेका छौं,’, उनी भन्छन् ।
उनको विचारमा प्रेममा सेक्स अवश्य हुन्छ । ‘प्रेममा सेक्स त भईहाल्छ । फ्रायडले नै भनेका छन्, आफनो वंशलाई निरन्तरता दिने माध्यम हो । इश्वरले दिएको बरदान हो । सेक्समा प्रेम पनि छ । सबैथोक छ ।’ आफनो जिवनमा सुपात्राबाहेक अन्य स्त्रीको पनि प्रवेश भएको उनी स्वीकार्छन् । ‘सुपात्रालाई भेटनुअघि धेरै स्त्रीले मलाई चाहन्थे । मैले चाहेको थिएँ । तर, अहिले छैनन । शारीरीक सम्पर्क पनि सुपात्रासँग बाहेक अरु कसैसँग भएन,’, उनको दावी छ ।
निर्मलालाई सुटुक्क भगाए गच्छदारले
२०२९ सालमा विजय गच्छदारले विराटनगरमा एउटी सुन्दरी कन्यालाई देखे । पहिलो दर्शनमै ति कन्यासँग मोहीत भए, विजय । उनको नाम थियो, निर्मला । उनीहरुवीच केही समयमै माया बस्यो । त्यसैताका विजय पक्राउ परे । उनीहरुवीच प्रेम पत्रको आदान प्रदान हुन थाल्यो । कहिलकाँही निर्मला जेलमै भेटन पुग्थीन । ‘पहिलो पटक उनलाई देख्दा नै यस्तै केटीसँग विवाह गर्न पाए हुन्थ्यो भन्ने भयो । नभन्दै प्रेम भयो । एक वर्षसम्म हामीले प्रेम ग¥यौं । अनी सुटुक्क उनलाई भगाएँ ।’, विजय सम्झन्छन् । भागेपछि विजय र निर्मला जोडी एक महिनासम्म लुकेर बस्यो । पछि विजयका बुबाले निर्मलालाई घरमै भित्रयाए । अनी घरमै थारु संस्कृती अनुसार विहाबारी भयो । उता, ससुरालीले पनि पाँच महिनापछि विजयलाई ज्वाईं स्वीकार ग¥यो ।
निर्मलालाई विवाह गर्नु आफनो लागि सुखद रहेको विजय बताउँछन् । ‘श्रीमतीका रुपमा उनी मेरो जीवनमा आएपछि म सफलताको शिखरतर्फ लम्किए“ । उनले पारीवारीक जिम्मेवारी सम्हालीन । जस्तै दुःखको समयमा पनि किंचीत बिचलीत नभईकन सहयोग पनि गरीन् ।’, विजय भन्छन्् । जिवनमा धेरै केटीहरु आए, धेरैले मन पराए, विजयलाई । तर कसैसँग अफेयर्स भएन रे । ‘कसै कसैलाई देख्दा मन पर्न पर्न खोज्थ्यो । तर जुन दिन निर्मलालाई देखें, त्यसपछि अरु सबै फिका भए । मलाई त ऐश्वर्य रायभन्दा पनि आफनै श्रीमती राम्री लाग्छ । विवाह भनेको स्वर्गमै सेटीङ हुन्छ भन्छन् । त्यसैले होला, निर्मलासँग मेरो सफल र सन्तुष्ट जिवन छ ।’
‘लभ म्यारीज’ गरेका विजयलाई प्रेमको परिभाषा थाहा नहुने कुरै आएन । ‘हरेक मानिसको जिवनमा प्रेम नभई नहुने चिज हो । प्रेम विना मानिसको जीवन अधुरो हुन्छ । चाहे केटीलाई गर्नुस या छोरा, बाबु आमालाई गर्नुस । प्रेम अपरिहार्य छ ।’, उनी भन्छन् । सेक्सका मामलामा पनि उनको यस्तै सोच छ । ‘सेक्स प्राकृतीक अनी अत्यावश्यक कुरो हो । सेक्सलाई जसले त्याग्छ, उ सन्यासी हुन्छ । बा“की मानव जिवनमा सेक्स नभई नहुने कुरो हो । भौतीक संमाजका लागि सेक्स अनिवार्य छ । सेक्स बिना संसार हुदैनथयो । मानव जातीले निरन्तरता पाउनुका पछाडी सेक्सकै भूमिका छ ।
पशुपति र उषाको राजसी प्रेम
भारत, ग्वालीयरकी राजकुमारी उषाराजे सिन्धीयालाई सानैदेखी देखेका थिए, नाती जर्नेल पशुपति शमसेर जवराले । राम्रै परिचय थियो, उषासँग । सन १९६६ तीर बेलायतबाट पढेर पशुपतिशमसेर स्वदेश फर्किए । ‘मेरो विवाहको कुरो चल्यो, मुमाले कस्ती केटी बिवाह गर्छौ भनेर सोध्दा मैले उषाकै नाम लिएको थिएँ’,पशुपतिशमसेर आफना प्रणयका दिनहरु स्मरण गर्दैभन्छन्् । त्यसपछि ग्यालीयरमै भव्य विवाह भयो । विवाहमा धेरै प्रतिष्ठीत व्यक्तिहरु आएका थिए । उनका भीनाजु एवं भारतका वरिष्ठ नेता करण सिंह विवाहमा सहभागी थिए । ‘हाम्रो परिवारले हिन्दुस्तानमा वैवाहीक सम्बन्ध राख्ने पुरानो प्रचलन थियो। मेरो मुमा हिन्दुस्तानबाटै सवारी भएको हो । हिमाचञ्ल प्रदेशको होइबक्सन्थ्यो । मेरा दिदी बहीनीहरुको पनि सवैजसो हिन्दुस्तानमै विवाह भएको’, भारतीय राजकुमारीसँगको विवाहको सन्दर्भलाई यसरी अथ्र्याउँछन्, राप्रपाका अध्यक्ष राणा । विवाहपछि राणा दम्पतीले बेलायत र जर्मनीमा हनीमुन मनायो । हुन त उनलाई नेपालको राज दरबारबाट पनि विवाहको प्रस्ताव आएको थियो । यो कुरा पशुपती स्वीकार्छन । ‘पछि बझाङी राजासँग विवाह भयो नी’, पशुपती सम्झन खोज्छन्, ‘अँ..शान्ति क्या, उनको प्रस्ताव आएको थियो । तर मैले स्वीकार गरिन ।’
जव उनलाई प्रेम र सेक्सको प्रसंग सोधिन्छ, उनी चतु¥याई गर्छन् । भन्छन््, ‘म प्रेमको प्रसँगमा जाने पक्षमा छैन ।’ तर पनि भन्छन्, ‘प्रेम नै नभएको मानिस को होला र ? प्रेम निजी कुरा हो । प्रेम नभई हुदैन । यो विशुध्द निजी मामला हो ।’ सेक्स नी ? उनी हाँस्छन्, खित्का छाडेर । अनी भन्छन्, ‘सेक्स पनि निजी मामला हो ।’
श्रीलंकामा भयो, कमल र प्रलिताको अफेयर
राजनीतिकर्मीहरुले प्रायः राजनीतिक मैदानबाटै आफनो जिवन साथी रोजेको देखिन्छ । तर पुराना राजनीतिक खेलाडी राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने राजनीतिक मैदानमा हैन, खेल मैदानमा जिवन साथी फेला पारे । कुरो हो, २०३६ सालतीरको । फु्टवलका राष्ट्रिय खेलाडि भईसकेका कमल भर्खर राष्ट्रिय खेलकुद परिषदमा मनोनीत भएका थिए । त्यसबेला प्रलिता थापा चाँही टेवल टेनिसकी राष्ट्रिय खेलाडी थिइन् । प्रलीतासहितको टेवल टेनिस टिमलाई लिएर कमल श्रीलंका पुगेछन्् । श्रीलंकामै प्रलीता र कमल एक आपसमा निकट भए । भनौं न, श्रीलंकामै उनीहरुवीच मायाको टुसा पलाएछ ।
‘अन्तरजातीय प्रेम सम्बन्ध भएकाले परिवारको सहमती लिन दुई चार वर्ष लाग्यो’, लभपछि एरेन्ज म्यारीज भएको बताउँदै अध्यक्ष कमल भन्छन््, ‘म्यारीजेज आर मेड इन हेभेन(विवाह स्वर्गमै तय हुन्छ) भनिन्छ नी । मेरै जातका केटीहरु पनि त थिए । तर किन किन उनी नै मनप¥यो । मेरो दृष्टीकोणबाट उनी सर्वगुण सम्पन्न छिन् ।’
प्रेम र विवाहपछि कमल समक्ष सेक्सको प्रश्न छेडिन्छ । उनी अली लजाए झैं गरेर भन्छन््, ‘खै त्यस्तो कुरामा मैले त्यति ध्यान दिएको छैन ।’ तर केही नभनी उनले छुट पाउनेवाला थिएनन । पटक पटक कर गरेपछि उनी भन्छन््, ‘प्रेम भनेको आपसी विश्वास र समर्पण हो । विश्वास र समर्पणबाट प्रेमको जन्म हुन्छ । सेक्स चाँही नैसर्गीक आवश्यकता हो ।’
विवाहको ६ वर्षपछि चित्रहादुरको हनिमुन
हरेक जोडीले विवाहकै रात मनाउँछन्, हनीमुन । तर चित्रबहादुर केसीले पत्नी पार्वती केसीसँग विवाहको ६ वर्षपछि मात्र हनिमुन मनाए । २०१२ सालमा ८ वर्षकी पार्वतीसँग विवाह भएको थियो, त्यसबेला १४ वर्ष उमेरका चित्रबहादुरको । ‘कलिलै नानी थिइन्, उनी । राम्ररी ठम्याउन पनि सकिन । २०१८ सालमा बल्ल उनीसँग भेटघाट भयो । हनीमुन भने पनि के जाती मुन भने पनि त्यसैबेला भयो’, चित्रबहादुर सम्झन्छन्् ।
त्यसबेला केटी हेर्ने चलन थिएन रे । बा–आमाले हेरैकै आधारमा विवाह भएको थियो, पार्वतीसँग । विवाह बाजा बजाएरै, जन्ती गएरै भएको थियो । ‘उनले खासै पढेकी थिईनन । सामान्य किसानकी छोरी । तर उनले नपढेको भए पनि घर परिवारको राम्रो हेरचाह गरिन् । छोरा छोरीलाई हुर्काउने कुरामा मैले खासै चिन्ता लिनु परेन,’, उनी भन्छन् । स्कुले उमेरमै राजनीतिमा लागेकाले उनले माया पिरतीका कुरामा अल्झीन पाएनन । त्यसैले कसैसँग प्रेम अफेयर चलेन उनको । ‘म जनताको काममा हिंडे, श्रीमती जम्मा पार्ने काममा लागिन् । घरबाट दोश्रो विवाह गर्न प्रस्ताव त आएको हो, तर मैले मानिन,’, चित्रबहादुर भन्छन् ।
उनको विचारमा प्रेम मानविय भावना हो । ‘मानिस र मानिसवीच मात्र हैन, प्रकृति, भुगोल र कुनै जीवजन्तुसँग पनि प्रेम हुन्छ । भावना मिलेमा प्रेम हुन्छ । प्रेम पनि सापेक्ष हुन्छ ।’, उनको भनाई छ । प्रेम र सेक्सको सम्बन्ध अनिवार्य ठान्दैनन उनी । ‘प्रेम भएपछि सेक्स हुनु राम्रो हो । तर प्रेम हुँदैमा सेक्स नहुन पनि सक्छ । प्रेमै रमाउनेहरु पनि मैले देखेको छु.’, उनी भन्छन् । तर अहिलेको पुस्तामा भने सेक्सले उच्छृंखल रुप लिएको उनी बताउँछन् । ‘स्वतन्त्रताका नाममा समाज बिग्रिएको छ । सेक्सको उच्छृंखलताले समाजको चरीत्र भ्रष्ट भएको छ,’ उनी भन्छन् ।
सोभासँग केशवको सुटुक्क विवाह
२०४० सालमा केशव स्थापीतको पहिलो भेट भयो, सोभासँग । ‘सोभालाई एउटा साथीको घरमा भेटेको थिएँ । उनी सिन्धुपाल्चोकबाट ल क्याम्पसमा पढन आएकी थिईन । उनी सहानाजीको पार्टी माक्र्सवादीमा थिइन् । राजनीतिमा लागेको भनेर घरबाट विवाहको दबाब भयो । भेटेको तिन महिनापछि हामी सँगै वस्यौं । २०४६ सालपछि मात्र कोर्ट म्यारीज गरेको ।’, काठमाडौं महानगरपालीकाका पुर्व मेयर स्थापीत आफना प्रणयका दिनहरु सम्झन्छन् । श्रीमतीसँग सामान्य ठाकठुक हुन्छ रे । त्यो पनि रक्सीकै मामलामा । ‘म गणेशको मुर्ती बनाउँदै हिंड्ने । उनी परिन क्रिश्चीयन । ढुंगाको मुर्तिमा किन पैसा खर्च गरेको ? भन्ने उनी । अनी म चाँही गणेशको व्याख्याता नै भएको मान्छे । अली अली ठाकठुक हुने नै भयो ।’, उनी भन्छन् । तर, पहिला संकट पर्दा सोभाले स्कुलमा काम गरेर कमाएको महिनाको आठ सय रुपैयाँमध्ये आधा आफुलाई दिने गरेको उनी झलझली सम्झीन्छन् । ‘उनले मेरा लागी धेरै गरेकी छिन् । उनका गर गहना मैले नै बेचेर खाएँ,’, स्थापीत भन्छन् ।
स्थापीतको विश्लेषणमा प्रेम सदभाव हो । ‘प्रेम भनेको वस्तु, जिवन र जगतप्रतिको सदभाव हो । मलाई त किट पतंग देख्यो भने पनी प्रेम जाग्छ । पानी, भूमी, आकाश, घामप्रति म कृतज्ञ छु । किनकी मेरो उर्जा त्यही हो । म भन्छु, सबैप्रतिको प्रेम हुनुपर्छ ।’, उनी भन्छन् । उनी सेक्सलाई मानवीय आवश्यकता ठान्छन् । ‘त्यसलाई खुलेआम विवादको विषय बनाउनु हुदैन । हाम्रो समाजमा सेक्स मुल विषय बन्दोरहेछ । तर, खुला समाजमा त लोग्नले श्रीमतीलाई म मेरो व्यायफ्रेन्ड कहाँ जान्छु भन्छ,’, उनी भन्छन् । उनलाई सोधीन्छ, कोही गर्ल फ्रेन्ड छन् की ? उनी भन्छन्, ‘यो उमेरमा मलाई कसले व्यायफ्रेन्ड बनाउँछ र ? ’रातोपाटीले खबर लेखेको छ ।