सुरक्षित वैदेशिक रोजगारीका लागी गरीने तयारी
1293 पटक पढिएको
अधिकांश नेपाली युवा पुस्ताको रोजगारीको आकर्षक क्षेत्र भनेको वैदेशिक रोजगारी हो । नेपाल सरकारले निकालेको तथ्याड्ढ अनुसार १ हजार ५ सय युवाहरुले वैदेशिक रोजगारीमा आफ्नो भविष्य खोजेको पाइएको छ । तर, सबै युवाहरुले यस कामना सफलता प्राप्त गर्दैनन् । भरपर्दो सुचना प्रणाली, अभाव, कानुनी प्रकृयामा समेटिन नसक्नु, सीप, भाषा र ज्ञानको अभावका कारण वैदेशिक रोजगारी चाहे जस्तो उपलव्धी मुलक बन्न सकेको छैन । वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने हो । भने सबैभन्दा महŒवपूर्ण विषयका रुपमा प्रस्थान पूर्वका तयारीका चरणलाई लिनुपर्दछ । यही प्रस्थानपूर्वको चरणलाई पूर्णता दिएमा मात्र वैदेशिक रोजगारीका अन्य विभिन्न चरणहरु सुरक्षित बन्न सक्छ । रोजगारीका लागी विदेशिनु भनेको आफु आफैले आफैलाई जोखीममा धकेल्नु सरह हो । कामदार आफैले मात्रै वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सक्दछ । रोजगारीका लागी विदेसि“दा विभिन्न चरणहरु पार गर्नु पर्दछ र वैदेशिक रोजगारी आफैमा जोखिमपूर्ण पनि छ । लापरवाही पुर्व विदेशको रोजगारीलाई अंगाल्दा असफलता सिवाय केही हात पर्दैन । संक्षेपमा भन्ने हो भने ठगिमा नपरेको सम्झौतामा उल्लेख भए नुसारको श्रम र पारीश्रमिक प्राप्त भएको, सिर्जनात्मक सोच र जाँगर बढेको, रोग विहिन र सकुसल भिसा अवधि भित्र फर्केको, गैह्र कानूनी झमेलामा नपरेको आदि अवस्थालाई मात्र सुरक्षित र सफल वैदेशिक रोजगारी भनिन्छ । वैदेशिक रोजगारीमा जानुपूर्व केही यस्ता चरणहरु माथि तयारी गरे रोजगारीलाई सुरक्षित बनाउन सकिन्छ ।
(क) निर्णयको चरणः
रोजगारीका लागि विदेसिनु अगाडी निर्णयको चरणमा एक पटक रोजगार परामर्श लिनु राम्रो हुन्छ । जसले आन्तरीक श्रम बजारको रोजगारीको अवसर र सम्भावनामा औल्याउन सहयोग पु¥याउ“छ । यही बेला योग्यता र शिप अनुसार वैदेशिक रोजगारीका आवश्यक पक्रिया र त्यसलाई सहज बनाउने उपायको खोजी गर्न सकिन्छ । परामर्श लिनु कुनै कठिन काम होइन । परामर्शदाता खोज्न तपाईले सहर बजार वा विज्ञ र विशेषज्ञकहा“ धाई रहनु पर्दैन । गाउ“ घरमै पनि परामर्श सेवा प्रदान गर्न व्यक्ति र संघ संस्थाहरु भेटिन्छन् । सामान्यतः आफ्नै घरपरिवारका सदस्य विदेशबाट फर्किएका कामदार, स्थानिय निकायका पदाधिकारी वैदेशिक रोजगारबारे काम गरी रहेका गैसस कार्यकर्ता, सामाजिक परिचालक, सामुदायीक प्रहरी तथा नागरिक वडा मञ्चका सदस्य÷
पदाधिकारीहरु आदिले स्थानिय स्तरमा नै परामर्श सेवा प्रदान गर्न सक्दछ । उपयुक्त परामर्श लिएपछि मानसिक रुपमा वैदेशिक रोजगारीमा जाने पूर्ण तयारी हुनु पर्दछ । रोजगारीका लागि विदेसिदा आवश्यक रकम कति हो त्यसको व्यस्थापन गर्नु पर्दछ । यसरी विदेश जानुपूर्व रोजगारीमा जा“दाको खर्च रकम आफ्नो सम्झौता अवधि भरमा कमाई हुने रकमबाट उठ्छ उठ्दैन हिसाब गर्नु पर्दछ । आफ्नो अनुस्थितिमा परिवारका सदस्यले समस्या भोग्न नपरोस भनि आफ्ना खेतीपाती र पारिवारिक व्यवस्थापन पनि कसरी गर्ने सो को सोच बनाउनु पर्छ ।
(ख) पूर्व प्रस्थापनको चरणः
रोजगारीका लागि आवश्यक कागजी व्यवस्था नपुग्नाले अधिकांश रोजगरकर्मीहरुले समस्या भोगीरहनु परेको छ । आफुस“ग नागरिकताको प्रमाण पत्र नभए १६ वर्ष पूरा भए पश्चात नेपाली नागरिकताको प्रमाणपत्र लिनु पर्दछ । संक्षेपमा भन्ने हो भने नागरिकता पश्चात राहदानी बनाउने, सिप सिक्ने, अवसर छान्ने, भाषा कक्षा लिने, रिक्रुटिङ एजेन्सिमा निवेदन दिने, सम्झौता सम्पन्न गर्ने, स्वास्थ्य परिक्षण गराउने, चालचलन प्रमाणपत्र लिने, विमा गर्ने, भिषा प्राप्त गर्ने, हवाईजहाजको टिकट काट्ने, अभिमुखिकरण तालीम लिने, श्रम स्वीकृती लिने, बैंक खाता खोल्ने आदि गर्ने पर्दछ । रोजगारीको मुख्य आधार भनेको कागजपत्र मात्रै नै हो । वैदेशिक रोजगारीमा जाने हो भने पनि कागजपत्रको महत्व उति नै छ । विदेशमा रह“दा कामदारको परिचय नै आफुस“ग भएको कागज पत्रले दिनुपर्दछ ।
१. बीमाः
जोखिम न्यूनिकरणको महत्वपूर्ण उपाय भनेको बीमा हो । विदेशमा आफ्नो कार्यअवधिमा नै रोग लाग्न सक्दछ । दुर्घटना र विरामी हुन सक्छ, जुनबेला उपचारको लागि पैसाको अभाव पर्न सक्छ । त्यसर्थ, बीमा गर्दा त्यसको खर्च उठाउन सकिन्छ वा मृत्यु भएमा आश्रीतले बीमा वापतको रकम प्राप्त गर्दछ ।
२. भिसा अर्थात प्रवेशाज्ञाः
जुनसुकै मुलुकमा अर्को देशका नागरिकलाई भ्रमण गर्न अनुमति दिने निस्सा वा कागज नै भिसा हो । जसको नेपाली अनुवाद प्रवेशाज्ञा हो । भिसा सम्बन्धीत देशको राजदुतावास वा कल्सुलरबाट जारी हुन्छ । सामान्यतया कामदारले पासपोर्टमा स्ट्याम्प वा स्टिकर टा“सेर र पेपर भिसा गरी दुई खालका भिसा प्राप्त गर्दछ । स्टिकर भिसा प्राप्त गरेको ३ महिना भित्रमा नै कामदारले सम्बन्धीत देशमा प्रवेश गरी सक्नु पर्दछ र यस किसिमको भिसा नक्कली हुने सम्भावना निकै कम रहन्छ । तर पेपर भिसा भने नक्कली हुने सम्भावना अत्याधिक रहन्छ । जुन कन्सुलर शाखाले सम्बन्धीत देशको अध्यागमनले स्वीकार गर्ने गरी कागजमा लेखोट जारी गर्दछ ।
३. हवाई जहाज टिकटः
वैदेशिक रोजगारीमा जा“दा हवाईजहाज चढेर जानपर्ने भएकोले सम्पूर्ण प्रकृया पुरा भएपछि ट्रार्भल एजेन्सी वा सम्बन्धीत एयरलाईन्सबाट हवाईजहाजको टिकट लिनु पर्दछ । वैदेशिक रोजगारमा जा“दा भने स्वदेशी विमान स्थलमै प्रयोग गर्नुपर्ने हुन्छ ।
४. अभिमुखिकरण तालीमः
रोजगारीका लागि विदेश जाने व्यक्तिले आफु काम गर्न विदेश जानुअघि आधारभुत कुरामा जानकारी पाउने कुरालाई अभिमुखीकरण तालीम
भनिन्छ । नेपाल सरकारले यो तालिमलाई अनिवार्य गरेको छ । यस किसिमको तालिम सरकारी मान्यता प्राप्त प्रशिक्षण संस्थाबाट मात्र लिनु पर्दछ । विदेशको रोजगारीमा जानु अघि यस्तो तालिमको प्रमाणपत्र साथै राखेर श्रम स्वीकृति लिने गरिन्छ । विशेषगरी यस तालिममा नेपालको वैदेशिक रोजगार सम्बन्धी कानुन, आफु जान लागेको मुलुकको भौलोलीक स्थिति, संस्कृति, रहन सहन, आर्थिक, सामाजिक, राजनैतिक अवस्था सम्बन्धी जानकारी, उक्त मुलुकमा बोलिने भाषा, विभिन्न रोगहरुको जानकारी, उक्त मुलुकको श्रम, अध्यागमन, कानुन तथा निति नियम, व्यावसाय जन्य स्वास्थ्य सुरक्षा, सहज र सुरक्षित यात्रा, कामदारको आचरण, व्यवहार आदि विषयको जानकारी गराईन्छ ।
५. स्वास्थ्य परीक्षण प्रमाणपत्रः
वैदेशिक रोजगारीका लागी नेपाल सरकारले यस खालका संस्थाहरु सुचिकृत गरेको छ । उक्त मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण प्रमाण पत्र लिनु पर्दछ । यस्तो प्रमाण पत्रले २ देखि ६ महिना सम्म मेडिकल ग्यारेन्टी गर्छ । विदेशमा फेरी स्वास्थ्य परिक्षण हुने भएकोले स्वास्थ्य स्थीति खराब पाईए गलत स्वास्थ्य परिक्षण पत्रका आधारमा फर्किनु परेमा सम्बन्धीत व्यावसायीले क्षतिपूर्ति दिनुपर्दछ ।
६. श्रम स्वीकृतिः
वैदेशिक रोजगारीको लागी श्रम स्वीकृति वैदेशिक रोजगार विभागबाट दिईन्छ । व्यक्तिगत भन्दा सुरक्षित हुने भएकोले श्रम स्वीकृति लिंदा संस्थागत रुपमा स्वीकृति लिनु पर्दछ । श्रम स्वीकृति ईजाजतपत्र रिक्रुटिङ ऐजेन्सीले श्रम विभागबाट अनिवार्य लिनुपर्ने व्यवस्था छ । श्रम स्वीकृतिका लागि भिसाको प्रतिलिपी, राहदानीको प्रतिलिपी, नागरिकताको प्रतिलिपी, रोजगार व्यावसायीलाई बुझाएको रकमको रसिद, बीमा प्रमाणपत्र, अभिमुखिकरण तालिमको प्रमाणपत्र, स्वास्थ्य परिक्षण प्रमाणपत्र र कल्याणकारी कोषमा राजस्व दाखिला गरेको रसिद वा भौचरको आवश्यकता पर्दछ ।
७. सीप वा भाषा तालिमः
मान्यताप्राप्त रिक्रुटिङ एजेन्सीबाट विदेश जानुपर्दछ । जानुपूर्व भने आफुजाने देशको सामान्य भाषा सिकेर आफुले गर्ने कामबारे पनि आवश्वयक सीप प्राप्त गरेर जानु राम्रो हुन्छ । यसरी भाषा र सीप ज्ञानको खण्डमा उचित काम तथा दाम प्राप्त गर्न सकिन्छ ।
८. रहन–सहन र सामाजिक चाल–
चलनबारे जानकारीः
वैदेशिक रोजगारमा जाने कामदारले आफु जाने देशको रहन सहन र सामाजिक चालचलनबारे जानकारी लिनु पर्दछ । खाडी मुलुकमा केटाले केटीलाई वा केटीले केटालाई हेर्न खोज्नु पनि अपराध मानिन्छ । त्यसर्थ, केटाकेटी जिस्काउन खोजिएमा अपराध मानि ठुलो सजाय दिईन्छ । ईस्लाम धर्म मान्ने केटाहरुले प्रयोग गर्ने शिरको फेटा फुकाल्नु खोज्नु पनि नराम्रो मानिन्छ । यदी यसो भएमा हदै सम्मको सजायको भागिदार हुनु पर्दछ । अधिकांस नेपालीहरु जथाभावी दिशापिसाब र फोहोर गरेको कारणले पनि जेलको जीवन विताईरहेका छन् ।
९. हावापानी, र कानूनबारे जानकारीः
आफुजाने मुलुकमा कुन किसिमको हावापानी र कानुनी व्यवस्था छ त्यो स्वदेशमा नै जानेर जानु पर्दछ । जसले गर्दा त्यहा“ पुगीसके पश्चात आफुले गर्नुपर्ने व्यवहार र हावापानी सुहाउ“दो भेषभुषबारे नेपाली कामदार जानकार हुन्छन् ।
लेखक ग्रामिण महिला स्वावलम्वन संस्था स“ग आवद्ध छन् ।