स्कुल जान चार घन्टा
762 पटक पढिएको
धादिङको रोवाङ प्रावि प्रांगणमा भेटिएका कक्षा पाँच पढेर छाडेका जुनकिरी (दायाँ), सन्तमाया बच्चा बोकेकी र उनकी साथी बीच।
धादिङ-गाउँमा प्रावि स्कुल छ। अधिकांश बालबालिका विद्यालय जान्छन्। चेपाङ समुदायको बसोबास भएको अन्य गाउँबस्ती हेर्दा सम्पन्नजस्तै लाग्ने धादिङको जोगीमारा–६ रोवाङमा कक्षा पाँच उत्तीर्ण गरेपछि भने थप शिक्षा हासिल गर्न फलामको चिउराझैं भएको छ नागरिक न्यूज डट कमले खबर लेखेको छ
रोवाङ प्राविमा कक्षा ५ उत्तीर्ण गरेपछि कक्षा ६ देखि माथि पढ्न पृथ्वी राजमार्गको मझिमटार पुग्नुपर्छ। १० बजे विद्यालय पुग्न गाउँबाट बिहान ६ बजे हिँड्नुपर्छ। कतै नअलमलिई हिँड्दा चार घन्टामा पुगिने मझिमटारबाट फर्कन पाँच घन्टा लाग्छ। बाटोमा पर्ने हुग्दीखोलाबाट हिँड्दा ३३ जँघार तर्नुपर्छ। वर्षा र हिउँद जहिले पनि बालबालिकालाई तर्न मुस्किल पर्छ। ‘विद्यालय टाढा भएकाले कक्षा पाँच उत्तीर्ण गरेपछि रोवाङका चेपाङ छात्रा बिहे गरेर घरगृहस्थी थाल्छन् भने छात्र कि बिहेबारी गरेर बस्छन् कि त रोजगारीका निम्ति सहर पस्छन्,’ गत वर्ष कक्षा पाँच उत्तीर्ण गरेकी जुनकिरी चेपाङले भनिन्।
५२ घर चेपाङको मात्र बसोबास रहेको सो स्थानमा ०३५ सालमा स्थापना भएको रोवाङ प्राविको स्तरोन्नति हुन नसक्दा समस्या उत्पन्न भएको हो। गरिबी र विपन्न वर्गका यहाँका चेपाङ समुदायमा आफ्ना सन्तानलाई पढाउनुपर्छ भन्ने धारणा विकास भएको पाइन्छ। तर, कक्षा ६ देखि माथि पढाउन आर्थिक हैसियत नहुँदा आफ्ना बालबालिकालाई अवसरबाट वञ्चित गराउनुपरेको उनीहरु स्विकार्छन्। स्थानीय सानुविक्रम चेपाङ भन्छन्, ‘एक जनालाई कोठा भाडा लिएर राख्दा महिनाको कम्तीमा पाँच हजार खर्च लाग्छ। गाउँमा ज्याला मजदुरी र गिठा भ्याकुर जस्ता कन्दमुल खोजेर जीविका चलाउने चेपाङले त्यति धेरै रकम खर्च गर्नै सक्दैनन्।’
आफूले गत वर्ष कक्षा ५ उत्तीर्ण गरेपछि थप पढ्न मन हुँदाहुँदै पनि त्यत्तिकै बस्नुपरेको पीडा सुनाउँदै जुनकिरी भन्छिन्, ‘आमाबाबुले खर्च धान्न सक्दैनौं छोरी, अरुले पनि पढेका छैनन् भन्दै पठाउनु भएन।’ पढेर ठूलो मान्छे बन्ने रहर हुँदाहुँदै पनि घरमै बस्नुपर्दा नमज्जा लागिरहने उनले सुनाइन्। ‘घरबाट गएर फर्कन भ्याइन्न। मझिमटार र धुषाको विदाङ पुग्न उत्तिकै समय लाग्छ,’ जुनकिरीले भनिन्।
केही वर्षअघि कक्षा पाँच उत्तीर्ण गरेकी सन्तमाया थप पढ्न नपाउँदा कलिलैमा बिहे गरेर आमा बनेकी छन्। अहिले २० वर्ष पुगेकी उनी दुई सन्तानकी आमा हुन् उनको पहिलो सन्तान चार वर्ष पुगिसक्यो। ‘पढ्न पाएको भए चाँडै बिहे गरिन्नथ्यो’ भन्दै सन्तमाया पढ्न नपाएकामा पछुतो मान्छिन्। थप पढ्न नपाएकैले १४ वर्षका राजकुमार काठमाडौंमा मजदुरी गर्न गएका छन्।
छरिएर बसेको चेपाङ बस्तीका अधिकांश बालबालिका विद्यालय टाढा भएकैले पढाइबाट बञ्चित भएका छन्। हरेक वर्ष आठदेखि दस जना विद्यार्थीले रोवाङबाट कक्षा पाँच उत्तीर्ण गर्ने गरेका छन्। तर कक्षा ६ पढ्ने अवसर पाउने एकदुई जना मात्र हुन्छन्। उनीहरु कि त आफन्तकोमा बसेर पढेका छन् भने केहीको बजारनजिकै घर भएकाले पढ्न पाएका छन्।
५२ घर चेपाङ समुदायका बालबालिकामध्ये सात जना आफन्त, डेरा र आफ्नै घर भएका मझिमटारमा रहेको शंखादेवी उच्च माविमा कक्षा ५ देखि ९ सम्म पढ्छन्। थप ४ जना धुषाको विदाङमा रहेको आफन्तकोमा पढ्छन्। बाँकी सबैले बीचमै पढ्न छाड्ने गरेको प्रधानाध्यापक पदमबहादुर भुजेल बताउँछन्। कक्षा ५ सम्म पढाइ हुने रोवाङमा दुई वटा दरबन्दी छ। ८५ जना भर्ना भएका विद्यार्थी पनि बीचमै कक्षा छाड्नेको संख्या निकै रहेको उनी स्विकार्छन्।
गाउँभरिमा एसएलसी पास गर्ने एक मात्र गणेश चेपाङले पृथ्वी राजमार्गको हुग्दीखोलामा घर भएका कारण सोही घरमा बसेर पढेका हुन्। उनका हजुरबाले सावाँ अक्षर चिनेका, बाबु पनि कक्षा ९ सम्म पढेका गाउँका सम्पन्न परिवारमा जन्मिएकाले ०६४ मा एसएलसी पास उनका बाबु डिलबहादुर चेपाङ बताउँछन्। उनी अहिले बिए तेस्रो वर्ष पढ्दैछन्।