जोगिमाराका जिउँदाको साहस : व्हिलचेयरबाट विश्वयात्रा

986 पटक पढिएको

सम्पादक: Dhading News

???????????????????????????????फोटो :कोशीअञ्चल अस्पतालमा उपचार गराइरहेका विश्व व्हिलचेयर यात्री तेजबहादुर कार्की । फोटो : कुमार लुइँटे
विराटनगर : उमेरले ५० टेकेका तेजबहादुर कार्कीका दुबै खुट्टा छैनन् । उठबस गर्न र ओच्छ्यानमै पल्टन पनि सहयोगी चाहिन्छ । व्हिलचेयरको लामो बसाइले डढल्नोमा निस्केको घाउ एकतमासले दुखिरहन्छ ।

चिकित्सकको निगरानीमा औषधि लिइरहनुपर्छ । अस्पतालमा श्रीमतीकै मात्र भरथेग छ । १४ वर्ष अघिसम्म जीवनका उकाली ओह्राली छिचोल्न यति कठिन थिएन् । कार्कीका दिनहरु सहज थिए । तर, जोगिमारा घटनापछि उनको जीवनको पदचापै बद्लियो । त्यो अकल्पनीय घटना थियो अन्नपूर्ण पोष्ट डट कमले खबर लेखेको छ ।

कार्की भन्छन्,‘को को बाँचे को को मरे पहिले त केही थाहा भएन्, तर मैले आफूलाई भने अस्पतालमा तीन महिनापछि जिउँदो पाएँ । ती दिन अहिले सपना जस्तो लाग्छन् ।’ कार्कीको घर ओखलढुंगा फाप्चा–४ हो । कोशी अञ्चल अस्पतालको सर्जिकल वार्डमा भर्ना भएको २० दिन भयो । चिकित्सकहरुले हेरविचारमा विशेष ध्यान दिइरहेका छन् ।

कुनै बेला उनी काँकडभिट्टा–काठमाडौं रुटको रात्रीबसका चालक थिए । २०५७ माघ २३ गते उनैले हाँकेको मकालु बस धादिङको जोगिमाराबाट त्रिशुलीमा खस्यो । सडकबाट दुई सय मिटर तल बस खस्दा नदीमा बसको पुच्छरमात्र देखिएको थियो । बाँकी भाग पानीमा डुब्यो ।

स्टेरिङ फेल भएपछि पहाडीबाटोको घुम्तीबाट बस सिधै नदीमा झर्‍यो । बसमा सवार ३२ जनाको मृत्यु भयो । उनी पनि बसस“गै खसे । तर, साढे तीन महिनापछि होस खोल्दा उनको कम्मरमुनिको भाग चल्दैन थियो ।

‘खुट्टा उठाउन खोजेँ उठेनन् । चलाउन खोजेँ, चलेनन् । अचम्म लाग्यो ’, उनले भने, ‘हातले छाम्दा त तिघ्रामुनीको भाग नै भेटिन । त्यसपछि डाको छाडेर रुनुबाहेक अरु विकल्प थिएन् ।’

दुर्घटनामा गम्भीर घाइते भएर बाँचेका उनको कम्मरमुनिको सबै भाग चिकित्सकले काटिदिएका थिए । उनलाई बचाउन खुट्टा काट्नु परेको थियो । नत्र ज्यानकै खतरा थियो । त्यसपछिको सहारा बन्यो व्हिलचेयर । शारीरिक रुपमा अपाङ्ग जीवन सुरु भयो उनको । यो जीवन भोगाई पीडादायी थियो । तर, मनको साहस भने घटेको थिएन । अपाङ्गले पनि केही गर्न सक्छन् । उनीहरु अरुका लागि भार होइनन् भन्ने अठोट गरे । त्यो उत्साहलाई मर्न दिएनन् । सेचे ‘जीवनमा केही त गर्नैपर्छ । निस्कृय जीवन जिउँदिन ।’

‘एकदिन टिभीमा विश्व साइकल यात्री पुष्कर शाहको अन्तरवार्ता आइरहेको थियोे’ उनले भने, ‘त्यो हेरेपछि मनमा अनेक तर्कना उठे । के म यात्रा गर्न सक्दिनँ र ?, यस्तै सोचाई पलायो । अनि निर्णय गरँे विश्वयात्रामा निस्कने ।’ त्यो अन्तरवार्ता हेरेपछि उनको जीवनले नया“ मोड लिएको थियो । कार्की भन्छन्, ‘मलाई पनि विश्वयात्रामा निस्किन मन लाग्यो ।’

२०६१ जेठ ४ गते व्हिलचेयरमै विश्व यात्रामा निस्किए । आठवटा देश भ्रमण गर्न पनि भ्याए । भारत, भुटान, बंगलादेश, श्रीलङ्का, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तान घुमिसकेका उनको इच्छा व्हिलचेयरबाट विश्वयात्रा गरी गिनीजबुकमा नाम लेखाउने हो । भारत ह“ुदै म्यानमारको यात्रामा निस्किएका थिए । तर, त्यहाँ सेनाले हवाइजहाजबाट आउनु भन्दै फर्कायो । त्यसपछि सहयोगीले पनि साथ छाडिदिँदा उनलाई पर्नुसम्म संकट पर्‍यो ।

बाध्यताबस अन्ततः २०७० माघमा नेपाल फर्किए । तर हिम्मत हारेनन् । चार महिनाअघि फेरि यात्रामा निस्किए । भारतको कोलकातासम्म पुगे । तर, ‘हुनुहार दैव न टार’ भनेझैं उनको स्वास्थ्य एकाएक बिग्रियो । लामो समयसम्म व्हिलचेयरमा बसेका उनको डढेल्नोमा घाउ भयो । चेयरमा बस्न नसक्ने भएपछि कार्की  विराटनगर फर्किए । कार्कीले भने, ‘उपचारपछि ठिक भएर फेरि यात्रामा निस्कने सोचाई छ ।’

कोशीअञ्चल अस्पतालले उनको उपचार निःशुल्क गरिरहेको छ । राष्ट्रिय झण्डा बोकेर विश्व यात्रामा निस्किएका उनलार्य सरकारबाट सहयोग मिलेको छैन । विदेशमा जाँदा विभिन्न देशमा सहयोग पाइएको तर आप्mनै देशबाट सहयोग त  के यात्रा अनुमति पत्र लिनसमेत धेरै दुःख खेप्नु परेको उनले गुनासो गरे ।

‘नेपाल सरकारले अपाङगता भएकाहरुलाई वास्ता गरेन’, उनले भने, ‘हामीले नेतालाई दिने भोट त अपाङ्ग हुँदैन, तर हामीलाई गर्ने व्यावाहारमा चाँहि भेदभाव हुन्छ ।’   दुई हप्तापछि मलेसियाबाट फेरि यात्रा गर्ने तयारीमा रहेका उनले दातालाई सहयोग गर्न आग्रह गरेका छन् । ‘मेरो यो यात्रालाई जसरी पनि पूरा गरेरै छाड्ने तयारीमा छु’, उनले भने, ‘हेरौं कति सफल होइने हो । सरकारले सहयोग गर्ने आश छ ।’