मंगलबारको भूकम्पमा ज्यान गुमाउनेको संख्या ५६ पुग्यो (अपडेट)
615 पटक पढिएको
भूकम्पबाट ११ सय बढी घाइते
काठमाडौं : मंगलबार मध्यान्ह गएको भूकम्पमा परेर देशभरी ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ । भूकम्पले दोलखामा मात्रै ३३ जनाले ज्यान गुमाएका छन् ।
त्यसैगरी सिन्धुपाल्चोकमा ९ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी रामेछापमा ३ जनाले ज्यान गुमाएका छन् । भूकम्पले सिन्धुलीमा २ जनाको ज्यान गएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौ उपत्यकामा ५ जनाको मृत्यु भएको छ।
सुनसरीमा एकजनाको भूकम्पमा ज्यान गएको खबर छ । त्यसैगरी धनुषा, रौतहट, सर्लाही र गोरखामा पनि एक एक जनाले ज्यान गुमाएका छन्
भूकम्पबाट अहिलेसम्म ११ सय जना घाइते भइसकेको गृहमन्त्रालयले जानकारी दिएको छ । अन्नपूर्ण पोष्ट डट कमबाट