राष्ट्रिय समाचार

विमानस्थल हुँदै दिल्ली जाने युवती बढे

By Dhading News

June 12, 2015

शक्तिशाली भूकम्पपछि हवाई मार्ग हुँदै दिल्ली जाने युवतीको संख्या बढेपछि अध्यागमन कार्यालय र विमानस्थल प्रहरीले निगरानी बढाएको छ । भूकम्पबाट घरबारबिहीन भएका युवतीको तस्करी हुने आशंकामा यात्रुमाथि निगरानी बढाएको हो ।

भूकम्पपछि दिल्ली जाने युवतीको संख्या बढेको अध्यागमनका अधिकारी बताउँछन् । स्रोतका अनुसार स्थलमार्गबाटै दिल्ली जान नजिक हुने जिल्लाका युवतीहरु समेत हवाई मार्ग प्रयोग गर्ने क्रम बढेको छ । ‘सामान्य लेखपढ मात्रै भएका, दिल्लीमा कहाँ जाने समेत जानकारी नभएका ग्रामीण युवतीहरु विमानस्थलमा आउने क्रम बढेको छ,’ अध्यागमनका एक अधिकारीले भने, ‘उनीहरुको डकुमेन्ट हेरेर सोधपुछपछि शंका लागे थप जानकारी लिन विमानस्थलको प्रहरीकहाँ पठाउँछौं ।’ विमानस्थल सुरक्षा गार्डका एसएसपी भूपाल भण्डारीले दिल्ली जाने भनेर विमानस्थल आएका , तर कहाँ के प्रयोजनका लागि जान लागेको हो खुलाउन नसक्ने समूह नै फेला पर्ने गरेको जानकारी दिए । आजको नागरिक दैनिकमा खबर छ ।