राष्ट्रिय समाचार

मृतक आठ हजारभन्दा बढीको शव आफन्तलाई

By Dhading News

June 12, 2015

काठमाडौँ, २९ जेठ । प्रहरी प्रधान कार्यालयले भूकम्प तथा त्यसपछिका पराकम्पनमा परी मृत्युवरण गरेका आठ हजार ७५१ जनाको शव आफन्तलाई बुझाएको जनाएको छ ।

प्रहरीका अनुसार भूकम्पमा परी आठ हजार ७८७ जनाको मृत्यु भएको छ । बाँकी ३६ जनाको सनाखत हुन सकेको छैन । त्यस्तै २२ हजार ३०४ जना घाइते भएका छन् ।

घाइतेमध्ये १९ हजार ३७ जना विभिन्न अस्पतालमा उपचाररत छन् । भूकम्पबाट पूर्ण तथा आंशिक गरी चार लाख ६९ हजार ५३९ भौतिक संरचना क्षति भएका छन् ।

काठमाडौँ उपत्यकामा ६७ हजार १८८, पूर्व क्षेत्रमा ४५ हजार ९३०, मध्यक्षेत्रमा दुई लाख ८६२, पश्चिम क्षेत्रमा एक लाख ४५ हजार ३२६, मध्यपश्चिम क्षेत्रमा १० हजार ८५ र सुदूरपश्चिम क्षेत्रमा १४८ छन् ।

भूकम्पपीडित परिवारको परिचयपत्र बनाउने, भौतिक क्षतिको स्थलगत अभिलेख गर्ने र जोखिममा रहेको भौतिक संरचना भत्काउनेलगायत कार्यमा स्थानीय प्रशासनसँग समन्वय गरी प्रहरी परिचालन भइरहेको प्रवक्ता कमलसिंह बमले जानकारी दिनुभयो ।