कभर फोटो

गुगल ब्वाई आदित्यको अर्को भविष्यवाणी

By Dhading News

January 10, 2016

काठमाण्डु, २६ पुस– नेपालमा हुने घटनाक्रमका बारेमा विश्लेषण गर्दै आएका गुगल ब्वाइ आदित्य दाहालले फेरि अर्को भविष्यवाणी गरेका छन् । केही समयअघि अमेरिकामा उपचार गराएर आएका आदित्यले राजनीतिको फोहरी खेलका कारण नेपाल र नेपालीले अर्को देशसँग आफ्नो आत्मसम्मान बेच्न बाध्य भएको बताएका छन् । आदित्यले अब मुलुकलाई नयाँ पीढिको खाँचो रहेको बचाउँदै उनीहरुले मात्र अब गुमेको आतमसम्मान फिर्ता ल्याउन सक्ने उल्लखे गरेका छन् ।

उनले दिएको सन्देशले पछिल्लो समय देशको राजनीतिक अवस्था र त्यसले पारेको प्रभाव, देशले भोगेको संकटलाई उदृढ गर्न खोजेको बुझिन्छ । जसको समाधान अब नयाँ ढङ्गले, नयाँ नेतृत्व र नयाँ सोचले मात्र गर्न आदित्यले आफ्नो सन्देशमा संकेत गरेका छन् ।

उनले यसअघि गरेका भविष्यवाणी हालसम्म प्रयासजसो मिल्दे आएका छन् । उनी अमेरिका जानुअघि केही महिनामै देशमा संकट आउने बताएका थिए । त्यसपछि मधेस आन्दोलन र भारतीय नाकाबन्दी भएको थियो ।