मुख्य समाचार

उपचारका क्रममा पत्रकार सूर्यकुमार क्षेत्रीको निधन

By Dhading News

April 28, 2016

ब्रेन ट्युमरको समस्या देखिएपछि नियमित उपचारमा रहेका पत्रकार सूर्यकुमार क्षेत्रीको बैशाख १६ गते राती निधन भएको छ। केही समय अगाडि सफल सल्यक्रिया भएको क्षेत्रीलाई फेरि गाह्रो भएपछि  अस्पताल भर्ना गरिएको थियो।

माइतीघरको अन्नपूर्ण न्युरो अस्पतालमा उनको बिहीबार राति उपचारकै क्रममा निधन भएको केन्द्रिय सदस्य एवम वागमती अंचल संयोजक मुरारी अधिकारीले धादिङ न्यूजलाई  बताए।

यसअघि वरिष्ठ न्युरोसर्जन डा. बसन्त पन्तको टोलीले पत्रकार क्षेत्रीको बुधबार दिउँसो सल्यक्रिया गरेको थियो।

क्षेत्री नेपाल प्रेस युनियनका सचिव हुन्।विभिन्न संचारमाध्यममा काम गरेका  क्षेत्री  सर्जक समेत थिए ।