हाम्रो पालिका

धादिङबेसीबाट दिव्यदर्शन टेलिभिजन प्रशारणमा आउने

By Dhadingnews.com

June 17, 2013

धादिङबेसी,३ असार ( धादिङन्युज) ।  धादिङ जिल्लावाट  टेलिभिजन प्रशारणमाआउने भएको छ ।  त्रिपुरा मिडिया प्रालिद्वारा प्रशारण गर्न लागिएको टेलिभिजनको नाम दिव्य दर्शन रहने कम्पनीका अध्यक्ष बाबुकृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ । जिल्लाको समग्र विकासमा मिडियाको भूमिका अहम् हुने बताउँदै विकास, मनोरञ्जन, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रलाई टेलिभिजनले प्राथमिकता दिने संचालकहरुले बताएका छन । टेलिभिजनले स्थानीय सामग्रीलाई प्राथमिकता दिने सञ्चालकहरुको भनाई छ । केवुलवाट प्रशारण गर्ने मान्यता पाएको दिव्य दर्शन टेलिभिजन धादिङबेसीमा रहेको भैरवी केबुल नेटवर्क विस्तार भएका सबैस्थानमा हेर्न सकिने बताइएको छ । धादिङ जिल्लामा दैनिक तथा साप्ताहिक पत्रपत्रिका, एफएम रेडियो र अनालाइनहरु सञ्चालन हुँदै आएका छन् । त्रिपुरा मिडिया प्रालिले सञ्चालनमा ल्याएको दिव्य दर्शन टेलिभिजन सञ्चालक समितिको अध्यक्षमा बाबुकृष्ण श्रेष्ठ र संचालक सदस्यहरुमा  दीपक कोइराला, मुरारी अधिकारी, शिव सिलवाल, पोषनाथ अधिकारी र भैरवी केवल नेटवर्कका तर्फवाट बद्रीकुमार श्रेष्ठ रहेको बताईएको छ । टेलिभजन संचालकहरुमा  सञ्चारकर्मी र सञ्चारउद्यमीहरु रहेका छन । साउन महिना भित्रमा टेलिभिजनले आफ्नो प्रशारणको शुरुवात गर्ने लक्ष्य लिएको त्रिपुरा मिडिया प्रा.लि.ले जनाएको छ ।