हाम्रो पालिका

मानवबेचविखन विरुद्ध संचारकर्मीलाई तालिम

By Dhadingnews.com

June 20, 2013

धादिङ,६ असार ( धादिङन्युज)÷मानव वेचविखन तथा असुरक्षित आप्रवासन न्यूनिकरणमा संचारकर्मीको भूमिका शशक्त वनाउने उद्धेश्यले धादिङवेसीमा दुई दिने कार्यशाला गोष्टि सम्पन्न भएको छ । युनाईटेड मिशन टु नेपाल धादिङ कलष्टरको आयोजनामा सम्पन्न भएको कार्यशाला गोष्ठिमा धादिङ,नुवाकोट र रुपन्देही जिल्लाका संचारकर्मीहरुको सहभागिता रहेको थियो । गोष्ठिमा संचारीका समुहका महासचिव नितु पण्डितले अधिकारमुखी अवधारणा,बसाई सराई र पहल पत्रकारिता,सुरक्षित बसाईसराई ÷स्थानागमनको अवधारणा तथा सरोकारवाला तथा सञ्चारकर्मीको दायित्वका बिषयमा जानकारी गराउनु भएको थियो । यसै गरी मानववेचविखन तथा ओसार पसार विरुद्धका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कानूनी व्यवस्था,बैदेशिक रोजगारी सम्वन्धी राष्ट्रिय कानुन,पिडित पक्षीय पत्रकारिता लगायतका बिषयमा पनि पण्डितले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा युएमएनका केशव दुवाडीले मानववेचविखन तथा ओसारपसारको अर्थ र परिभाषाका वारेमा जानकारी गराउनु भएको थियो ।