हाम्रो पालिका

सेतीदेवी परिवार समुहका सदस्यहरुका लागी आधारशिला तालिम

By Dhadingnews.com

June 24, 2013

चैनपुर,११ असार (  धादिङन्युज) । धादिङ जिल्लाको चैनपुर गाउँ विकास समिति वडा नम्बर ९मा रहेको सेतीदेवी परिवार समुहका सदस्यहरुका लागी चार दिने दिने आधारशिला तालिम सोमवार सम्पन्न भएको छ । सेतीदेवी महिला समुहकी अध्यक्ष रविना गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा २५ जना महिलाहरुको सहभागीता रहेको थियो । फोकस नेपाल धादिङको आयोजना, हेफर ईन्टरनेशनल नेपाल तथा चैनपुर गाविसको सहयोग र सेतीदेवी परिवार समुहको व्यवस्थापनमा तालिम सम्पन्न भएको हो । साना उद्यमी सवलीकरण परियोजना अन्र्तरगत सञ्चालन भएको आधारशिला तालिममा उपहार प्रदान, उत्तर दायित्व, दीगोपन र आत्मानिर्भरता लगायत १२ वटा आधारशिला हरुको छलफल गरिएको छ । तालिममा उठेको विषयवस्तु माथी फोकस नेपाल धादिङका फिल्ड संयोजक राजिव उपाध्याय, हेफर ईनटरनेशनल नेपाल धादिङकी सामुदायिक सहजकर्ता निरमाया राना मगर, फोकस नेपाल धादिङकी शान्ती स्वयम सेवीका आशा श्रेष्ठले सहजीकरण गर्नुभएको शालिकराम खनालले धादिङन्युजलाई जानकारी दिनुभयो ।