राजनीति

ज्वालामुखी गाउँ पालिकाअध्यक्षमा बलवहादुरको सामरीको दावी

By Dhading News

April 09, 2017

सफल पर्यटन व्यवसायीका रुपमा परिचित धादिङ मैदीका बलबहादुर सामरीले ज्वालामुखी गाउँ पालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । नयाँ सरंचना अनुसार बनेको ज्वालामुखी गाउँपालिकामा साविकको चैनपुर,मैदी, ढोला र खरी गाविसलाई समेटिएको छ । राष्ट्रिय पर्यटन व्यवसायी संघ निट नेपालका केन्द्रिय सदस्य समेत रहेका सामरीले ज्वालामुखी गाउँ पालिकाको समग्र विकास र समाजमा परिवर्तन ल्याउने कार्यक्रम संचालन गर्न आंफु नेपाली कांग्रेसको तर्फबाट अध्यक्षको दावेदार रहेको वताउनु भएको हो । अवको स्थानीय निकाय दिगो योजना र कार्यक्रम सहित रहनु पर्ने र त्यस्का लागि आंफु सक्षम उम्मेदवार भएको सामरीको भनाई छ । पार्टीमा रहेका पुराना नेताले आम कार्यकर्ताको भावना समेट्दै दिगो योजना र कार्यक्रम सहितको एजेण्डा प्रस्तुत गरेमा अग्रजहरुको लागि आंफु पछि हट्न पनि तयार रहेको सामरीले वताउनु भएको छ । चैत २६ गते सम्पन्न पार्टी कार्यकर्ता भेलामा आंफुले यहि प्रस्ताव अघि सारेर अध्यक्ष पदको उम्मेदवारका लागि आकांक्षी रहेको घोषणा गरेको पनि उहाँले वताउनु भयो । यसै गरी तरुण दल ज्वालामुखी गाउँपालिका अध्यक्ष एवम तरुण दल धादिङ जिल्ला कार्य समितिका पुर्व सदस्य नवराज सिलवालले पनि ज्वालामुखी गाउँ पालिकाको वडा नम्बर २ को वडा अध्यक्ष पदमा उम्मेदवार हुने वताउनु भएको छ । ज्वालामुखी गाउँ पालिकामा नेपाली काँग्रेसको तर्फबाट विनोद तिमिल्सिना, यमनाथ दनै, नरेन्द्र भट्ट,रणवहादुर शाही, टिका काप्री लगायतको चर्चा चलिरहेको बेला सामरीले आफ्नो पनि आकांक्षा रहेको वताउनु भएको हो । धादिङ न्यूज संग कुराकानी गर्र्दै सामरीले आंफु सबै पक्षलाई स्विकार्य र सबैसंग सहकार्य गरेर अघि बढ्न सक्ने सक्षम उम्मेदवार हुने भएकाले पार्टीले पनि यस विषयमा सही निर्णय गरिदिने वताउनु भएको छ ।