ससुरा बुहारी बने श्रीमान श्रीमती 

2040 पटक पढिएको

सम्पादक: Dhading News

father-in-law

यस्तो छ पूरा मामलाः

घटना गोरखपुरबाट करिब २५ किलोमिटर टाढा चौरी चौरा गाउँको हो । यहाँका जेलर निषादले जून १३ तारिखमा आफ्ना जेठो छोराकी श्रीमती पुन्नू (३३ वर्ष) सँग विवाह गरेका हुन् । दुबैले गोप्य तरिकाले मन्दिरमा विवाह गरेका थिए ।

– शनिबार आफ्नो सम्बन्धबारे गाउँमा खुलासा गर्दै जेलरले भने, ‘यो विवाह गर्नु मेरो बाध्यता थियो । मैले छोराको धोकापछि बुहारीलाई नयाँ जीवन दिनका लागि यस्तो कदम उठाएको हुँ । छोराको व्यवहारले म लज्जित छु ।’

– ‘मेरो छोरा दिलिपले अर्की महिलासँग विवाह गरेको छ । दोस्रो विवाह गरेपछि छोराको घर आउ–जाउ नै बन्द भयो । बुहारी माथि चार सन्तानको जिम्मेवारी छ । म चाहन्थें कि उनले आफ्नो जीवन अगाडि बढाउन् । त्यसैले मैले उनको हात थामें ।’

चार वर्षदेखि छोरा घर फर्किएको छैनः

जेलरका जेठो छोरा दिलिपले सन् २००१ मा पुन्नुसँग विवाह गरेका थिए । चार सन्तान छन् – सुमन, बिन्दु, गणेश र सन् २०१३ मा शुभम पैदा भयो । कामका लागि गएका दिलिपले दोस्रो विवाह गरे । जेलरका अनुसार छोरा अन्तिम पटक सन् २०१३ मा घर आएका थिए ।

गाउँलेले भने, ‘ससुरा बुहारीको सम्बन्धमा छोरालाई थियो शंका’

– एकतर्फ जेलरले आफ्ना छोरालाई धोकेबाज भनिरहेका छन् भने गाउँलेले उनलाई नै दोषी ठहराएका छन् ।

गाउँमा बस्ने रामशरणले भने, ‘दिलिप बिहान बेलुकाको छाक टार्न शहरमा गएर काम गर्दछन् । यसै बीच जेलर र उनकी बुहारी नजिकिए । एकपटक घर फर्किएका छोराले दुबैलाई आपत्तिजनक अवस्थामा पनि देखेका थिए । छोराबुहारी बीच यसै कारण उनीहरु बीच झगडा हुन्थ्यो ।’