अहिले नलाङको चतुरमाई डाँडाको नाम नै कफीडाँडो भएको छ । ठूलो क्षेत्रफलमा लगाएको कफीका बोट र जंगलको बीचमा सञ्चालनमा ल्याइएकोे रिसोर्टले कफी प्रवद्र्धनमा समेत मद्दत पु-याएको छ । कफी फार्मभित्रै कन्ट्री प्याराडाइज नामक कफी रिसोर्टसमेत सञ्चालन गरिएको रेग्मीले बताए ।
कफी बगैँचा र रिसोर्टमा ८ करोड खर्च
कफीडाँडामा भर्खरै सारिएका बिरुवादेखि उत्पादन दिन थालिसकेका कफीका बोट छन् । प्रत्येक वर्ष कफीका बिरुवा लगाउँदै जाने र उत्पादन बढाउँदै जाने योजना गरेको रेग्मीले बताए । ‘हामीले प्रत्येक वर्ष नयाँ कफीका बोट थप्ने गरेका छौँ,’ रेग्मीले भने, ‘तीन सय रोपनी क्षेत्रफलमा कफी लगाउन र रिसोर्ट बनाउन ८ करोड खर्च भइसकेको छ ।’
बगैँचामा ५२ हजार कफीका बिरुवा लगाइएका छन् । त्यसमध्ये १८ हजार बोटले उत्पादनसमेत दिन थालिसकेका रेग्मीले बताए । रिसोर्टमा दिनहुँजसो विदेशी पर्यटक कफी फार्म घुम्न र वास बस्न आउने गरेका छन् ।
विदेशी मात्रै होइन, स्वदेशी उच्च पदस्थ सरकारी अधिकारी, राजनीतिक दलका नेता, उद्योगी व्यवसायी, पत्रकार र संघसंस्थाका प्रमुखले समेत आफ्नो कफी बगैँचाको भ्रमण गरेको उनले बताए । ‘यहाँ आउने विदेशी पर्यटक र उच्च पदस्थ अधिकारीलाई कफीका बिरुवा रोप्न लगाउँछौँ र त्यसमा उहाँहरूको नाम लेख्ने गरेका छौँ,’ रेग्मीले भने, ‘यसो गर्दा उहाँहरू दोहो¥याएर कफी बगैँचामा आउने गरेको पायौँ ।’
गत वर्ष ६ टन कफी उत्पादन
कफी फार्म र रिसोर्टमा स्थानीय १७ जना आवासीय मजदुर कार्यरत छन् । बिरुवा रोप्न तयारी गर्ने, बिरुवा सार्ने, कफी टिप्ने र गोडमेल गर्ने काममा उनीहरू खटिन्छन् । सिजनको वेलामा ५० जनाभन्दा बढी मौसमी मजदुरले समेत रोजगार पाउँदै आएका रेग्मीले बताए ।
दुई वर्षअघिबाट उत्पादित कफी बजारमा पठाउन थालिएको छ । गत वर्ष बगैँचाबाट ६ मेट्रिक टन कच्चा कफी उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष उत्पादन राम्रो रहेको रेग्मीले बताए । प्रशोधित अर्गानिक कफी प्रतिकिलो चार हजार रुपैयाँमा बिक्री हुने गरेको छ ।
भ्रमणमा आउने स्वदेशी र विदेशी पाहुनाले फार्मबाट कफी लिएर जाने गरेका छन् । युरोपियन मुलुकहरूमा अर्गानिक कफीको माग उच्च रहेकाले जति उत्पादन गरे पनि निर्यातका लागि कुनै समस्या नभएको रेग्मीले बताए ।
रेग्मी पुराना पर्यटन व्यवसायी हुन् । उनले अल्पाइन फ्लो नेपाल नामक पर्यटन व्यवसायी कम्पनीमार्फत पर्यटनलाई सेवा दिँदै आएका छन् ।
-नयाँ पत्रिका