कार्यालय
डिन्यूज मिडिया प्रा.लि.
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.१२, धादिङबेसी,धादिङ
[email protected]
दर्ता नं.
प्रेस काउन्सिल नेपाल द.नं. ३८८/२०७० - सूचना तथा प्रशारण विभाग दर्ता नं. ८४१/२०७४/७५,वागमती प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय दर्ता नंः०००३९
फोन :
९८५११२०८३८, ९८४१५१९४९२
एजेन्सी। ‘सेक्स डल’को वारेमा पक्कै पनि सुन्नु भएको होला, कतिले त देख्नु पनि भएको होला । देख्नु भएको छैन भने अब यौन कार्यका लागि सेक्स डल भाडामा पनि पाईने भएको छ । ‘सेक्स डल’को प्रयोग गरेर यौन चाहना पुरा गर्न चाहनेले अब झण्डै ५ हजार नेपाली रुपैयाँ तिरेको खण्डमा एक हप्ताको लागि ‘सेक्स डल’ भाडामा लिन पाउनेछ । तर त्यस्तो सुविधा नेपालमा होइन छिमेकी देश चाईनामा शुरु भएको हो ।
चीनमा सेक्स डलको अनौठो धन्दा सुरु भएपछि सारा संसार चकित परेको छ । चीनको एक कम्पनीले सेक्स डलको अनौठो धन्दा सुरु गरेको हो ।यो कम्पनीले आर्थिक अवस्था कमजोर भएकाहरुलाई लक्षित गर्दै यस्तो धन्दा सुरु गरेको हो । कम्पनीले देशका पुरुषहरुको यौन इच्छा पूरा गर्नको लागि नयाँ सेवा सुरु गरेको छ । टच नामको यो कम्पनीले अहिले सेक्स डल भाडामा दिन सुरु गरेको छ ।
कम्पनीले बेइजिङमा शेयर्ड गर्लफ्रेण्ड नामबाट सेवा सुरु गरेको छ । यी सेक्स डल फोन एपको माध्यमबाट बुक गरिन्छन् । लगभग एक हप्ताको लागि यिनीहरुलाई बुक गर्न सकिन्छ । ग्रहकले डलको आउटफिट, हेयरस्टाइलदेखि अन्य सामग्रीहरु पनि इच्छाअनुसार रोज्न सक्छन् । यी डल २९८ युआन अर्थात झण्डै ५ हजार नेपाली रुपैयाँमा पाइन्छ ।