कभर फोटो

‘लकडाउन खुलेपछि’ नामको कमेडी भिडियो लिएर आए सु्दिप

By Dhading News

May 09, 2020

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको अवधि बढ्दै जाँदा समाजमा विभिन्न खाले समस्याहरु पनि देखिन थालेका छन् । लकडाउन खुल्ला र रोजगारीमा फर्कौंला, पसल व्यापार चलाउँदा, बन्द रहेको कार्यालय खोलौंला भनेर आस गरिरहेका मध्यम वर्गिय समुदाय मा अहिले कस्तो मनोदशामा होलान ?

डेढ महिनादेखि जारी रहेको लकडाउनको कारण निश्चित आयश्रोत नभएका शहर तथा गाउँघरका नागरिक सबैभन्दा बढि प्रताडित हुन पुगेको तितो यथार्थलाई हांस्यकलाकार सुदिप खतिवडाले चेतनामूलक कमेडी  भिडियो मार्फत सार्वजनिक गरेका छन् । एस जोडी नामबाट हांस्यक्षेत्रमा स्थापित हुंदै गरेका खतिवडाले लकडाउनको अवधिमा निम्न आय भएका व्यक्तिले भोगिरहेको यथार्थलाई भिडियो मार्फत देखाएका हुन । केथ्रि मिडियाको युट्युब च्यानल मार्फत शनिवार सो कमेडी भिडियो रिलिज भएको हो ।

केथ्रि मिडियाद्धारा तयार पारिएको कमेडी भिडियाको कथा लेखन सुदिपको हो भने निर्माता राजाराम खतिवडा र छायाँकन तथा सम्पादन सुसन खतिवडा मिस्टर दारीले गरेका छन ।

भिडियोमा सुदिप खतिवडाका साथमा राजाराम खतिवडा, विकास अर्याल ( विकजोन), सिमा गिरी, मिना भण्डारी, सुसन खतिवडा( मिस्टर दारी),सन्तोष खतिवडा, रुपेन्द्र खतिवडाको मुख्य अभिनय रहेको छ ।

त्यसै गरि सहायक भूमिकामा आकाश गिरी, बिज्ञान भुजेल,उज्वल आचार्य, नारायण गिरी, दिपेश खतिवडा, सिमोन माझि,मिरा तुलाधर, आकार गिरी, सुरज गिरी, इश्वर आचार्य, प्रदिप दहाल र रमिशा खतिवडाले अभिनय गरेका छन् । लकडाउनको कारण डेरावाला र घरधनी बिच बढेको दुरी, कार्यालय सञ्चालन गर्न नसक्दा व्यहोर्नु परेको नोक्सानी, आर्थिक श्रोत घट्दै गएपछि मायालुले देखाएको व्यवहार लगायतका बिषयमा भिडियाले सन्देश प्रवाह गरेको छ । लकडाउनको विकल्प नखोज्ने हो भने कोरोनाका कारणले भन्दा पनि आर्थिक अभाव र तनावले गर्दा धेरैको जिवनमा नोक्सानी पुग्न सक्ने तर्फ भिडियो मार्फत सन्देश दिन खोजिएको छ ।

खुल्दुली, सक्किगोनी लगायतका हाँस्य टेलिसिरियल तथा देश विदेशका मेला महोत्सवमा गएर शशक्त अभिनय गर्दै आईरहेका सुदिपले लकडाउनको अवधिमा यस अघि तीन वटा सन्देशमुलक भिडियो सार्वजनिक गरिसकेका छन् । स्थानीय श्रोत साधन र जनशक्तिलाई प्रयोग गरेर खतिवडाले चेतनामूलक भिडियो रिजिल गर्दै आईरहेका छन ।