शब्दको शक्ति
2765 पटक पढिएको
- प्रदिप रुपाखेती
न्यूजिल्याण्ड
शब्दहरु निकै बलशाली हुन्छन। ठीक समयमा बोलिएको एउटा शब्दले मान्छेको जिबन वा परिस्थितीमा पुरै कायापलट आउन सक्छ। सकारात्मक र प्रेरणादायी शब्दहरुले मान्छेलाई राम्रो बाटो देखाउछ भने खराब र तिक्त शब्दले मान्छेको जिन्दगी बर्बाद पनि हुन सक्छ। त्यसैले हाम्रो समाजमा एक चल्तीको कथन छ, ‘बोल्न पाए भनेर प्याच्च नबोल्नु’। हाम्रा हरेक बोलिहरुको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाब परिरहेको हुन्छ।
यहाँ एउटा प्रसँग उपयुक्त हुन सक्छ। हामी मध्धे धेरैले सुनेको नाम हो थोमस इडिसन, एक प्रख्यात बैज्ञानीक जसले हामीलाई धेरै कुराको आबिस्कार छोडेर गए। ति थोमसको बल्यकालमा एक दिन एउटा शिक्षक आएर हातमा चिट्ठी राख्दै भन्छ, ‘ यो घर गएर तिम्रो आमालाई दिनु ‘। निकै कौतुहल्ता सहित थोमस घर फर्कन्छ र आमाको हातमा चिठ्ठी राख्दै भन्छ, आमा – यो चिठ्ठि मेरो शिक्षकले तपाईंको लागि भनेर दिएका हुन हेर्नुस् त के लेखिएको रहेछ? थोमसको आमाले हतार हतार चिठ्ठी खोलेर हेर्छिन र उनको आँखाभरी आसु हुन पुग्छ।थोमस झन अचम्मित हुँदै आमालाई पुनप्रश्न गर्छन् ‘ के लेखिएको छ आमा, तपाईं त रुन थाल्नु भयो ‘ । केही समयको मौनता पछी इडिसनको आमाले आफ्नो कलिलो छोरालाई हौसला दिने अभिप्रायले भन्छिन, ‘ तपाईंको छोरा निकैनै क्षमताबान छ, निकै नै genius छ, हाम्रो स्कुलमा भन्दा उसलाई अन्य कुनै स्कुलमा राख्दा राम्रो हुन्छ, किनकी हाम्रो स्कुलमा यस्तो राम्रो विद्यार्थीलाई गाईड गर्ने शिक्षकको अभाब छ, यस्तो लेखिएको रहेछ बाबु – मलाई आफ्नो छोरा प्रती गर्ब महसुस भयो – भोली देखी तिम्रो लागि अरु कुनै स्कुल खोज्छु म, जाउ अहिले खेल्न”। आमाको कुरा सुनेर थोमसको मस्तिस्कमा झिल्का बल्यो, उनी खेल्न होइन, सिधा आफ्नो कोठामा गएर एना हेर्दै आँफैलाई प्रश्न गर्न थाले, म त्यस्तो क्षमताबान पो छु, म सँग त्यस्तो प्रचुर सम्भावना पो छ – अब मैले केही गर्नै पर्छ”।
थोमसको सोच्ने तरिका र देखाउने ब्यबहारहरुमा बद्लाब आउन थाल्छ। समय बित्दै जान्छ, थोमसको आमाको मृत्यु हुन्छ, समय गुज्रदै जान्छ र दुनियाँले एक प्रख्यात बैज्ञानीकको रुपमा थोमस इडिसनलाई पाउछ। कुनै दिन घरमा बसेर यता – उता गर्दै गर्दा, पुराना सामानहरुमा नजर पुर्याउदै गर्दा थोमसको आँखा त्यही पुरानो चिठ्ठिमा पर्न पुग्छ, जुन उनको शिक्षकले आमाको लागि भनेर दिएका थिए । रमाइलो मान्दै जब उनले चिठ्ठी पढ्न थाल्छन, उनी अचम्मित र भाबबिभोर हुन पुग्छन। चिठ्ठीमा लेखिएको हुन्छ कि, ” तपाईंको छोरा मानसिक हिसाबले अशक्त छ, कृपया उसलाई भोली बाट हाम्रो स्कुल नपठाउनु होला, हामी सम्हाल्न र सिकाउन असमर्थ छौ”।
थोमसको आमाले जे लेखिएको थियो त्यही बाचन गरेको भए त्यसको प्रभाब कस्तो पर्ने थियो होला, अनुमानकै बिषय हो – तर प्रेरणादायी एउटा वाक्यले उनको मनस्थितीमा जुन बद्लाब आयो, त्यही शब्दको शक्ती जसले एउटा मानसिक हिसाबले असक्त भनिएको बालकलाई बैज्ञानीक बनाइदियो।
हाम्रो मस्तिकले साधारण बिषयहरु भन्दा अती-बिषयहरुलाई धेरै ठाउँ दिने गर्छ। त्यो अतीउत्तम होस् वा अती-खराब, त्यसैले अती-सब्दहरु झन धेरै प्रभाबसाली हुनेगर्छन। एउटा मान्छेले भनिदिएको एउटा बचनले मान्छेले कुलत छोड्छ, सुबाटो समाउछ। यस्तो मात्र हुँदैन, कसैको एक बचनकै भरमा कसैले जिन्दगीको बाटो गलत रोज्न पुग्छ, आफु सँग हार मानेर स्वहत्याको बाटो रोज्न पुग्छ मान्छे – किनकी शब्दहरु निकैनै शक्तिसाली हुनेगर्छन। अमेरिकि पूर्व राष्ट्रपती केनेडीको एक वाक्यलाई मान्छेहरु अहिले सम्म मस्तिस्कमा सजाएर राख्ने गर्छन्, “मलाई देशले के दियो हैन, मैले देशलाई के दिए भनेर सोच”। मार्टिन लुथर किङको ” I HAVE A DREAM ” को अहिले पनि चर्चा हुन्छ।
मदन भण्डारीका बिचार मात्र होइन, शब्द समेत सापटी लिगेर राजनीति गर्छन् अहिलेका कती मान्छे, किनकी शब्दमा शक्ती छ। शब्द आँफैमा सबै चिज होइन, तर हरेक उत्पादन होस् वा ब्यबस्थापन, बिकास होस् वा आबिस्कार, शब्दले टुलको रुपमा काम गर्छ एउटा सशक्त टुलको रुपमा।
मैले २०१९ म नेपालका केही भागहरुमा पुगेर भाईबहिनी सँग बिताएर केही पलहरु याद गर्ने गर्छु, किनकी मैले त्यहा बोलेका शब्दहरुको प्रभाब थियो भन्ने उनिहरुको प्रतिकृयाले कहिलै पूर्णबिराम पाएको छैन।
मेरो एक साथीले कुनै दिन भन्दै थियो, म राम्रो पढ्ने मान्छे, एक दिन सोचे भन्दा पनि राम्रो रिजल्ट आयो र मैले बुवालाई फोन गरे अनी भने बुवा मेरो ८४% आयो र म क्लासमा फास्ट भए। बुवाको खुशी मिसिएको बधाई सुन्न ललायित मलाई जबाफ आयो, ‘ ए हो – ल म ब्यस्त छु, पछी कुरा गरौल है’। यस्तो जबाफ सुनेपछी मेरो साथीको पढाई पुरै बिग्रन थाल्यो। उ भन्थ्यो, बाउलाई खुशी बनाउन नसक्ने पढाई के काम?’। पढ्ने त उस्को लागि हो, तर बुवाको त्यो निरुत्साहित शब्दले उस्को हृदयमा परेको प्वाल महसुस गर्न हामीलाई सम्भब थिएन।
हामीले कहिले काही हाम्रो नजिक रहेका साना केटाकेटी सँग कसरी बोल्छौ? उनिहरुले केही जिज्ञासा राखे भने, सपना सियर गरे भने कसरी जबाफ फर्काउछौ, यो कुराले ठुलो मात्र हैन, निकै ठुलो अर्थ राख्छ। हामीले जानी नजानी, सयौ थोमसहरुलाई बर्बाद पारीरहेका हुन सक्छौ। हामीले थाहा पाएर नपाएर धेरैको उमङमय जिबनलाई फिक्का बनाएका हुन सक्छौ। अब जरुर ख्याल गर्नु पर्छ, हाम्रो कुरा सुनेर कसैको मस्तिस्कमा सपना पलावोस – हाम्रो शब्दको शक्तिले कसैलाई सफल अनी खुशी हुने प्रेरणा मिलोस। राम्रो गर्न सकिएन भने पनि नराम्रो नहोस् भन्नेमा हाम्रो ख्याल पुग्यो भने हामीले पछील्लो पुस्तालाई न्याय गर्न सक्छौ।
शब्दको शक्तिमा विश्वाश गरौ। के थाहा, हामीले बदल्ने तरिकाको प्रभाबले समाजले राम्रा राम्रा मान्छेहरु उत्पादन गर्यो भने त्यो समाज थप बस्न लायक हुनेछ जहाँ हामी बस्छौ। सबैले प्रण गरौ, शब्दमा शक्ती हुन्छ भन्ने सच्चाइलाई ख्याल गर्दै हामीले बोल्ने छौ, लेख्ने छौ र अरुमा सकारात्मक प्रभाब छोड्न कोशीस गर्नेछौ।
१५ कार्तिक मा प्रकाशित