राष्ट्रिय वाणिज्य बैंकले माग्यो ८१४ नयाँ कर्मचारी
537 पटक पढिएको
काठमाण्डौं १४ कार्तिक- राष्ट्रिय वाणिज्य बैंकले एकै पटक ८१४ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।
बैंकले लोकसेवा आयोगको सहमतिमा खुला विज्ञापनमार्फत् स्थायी पदपूर्तिका लागि सूचना जारी गरेको हो । सूचना अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले सोमबारबाट अनलाइन फाराम भर्न सक्नेछन् ।
बैंकले दुई जना वरिष्ठ प्रबन्धक मागेको छ भने ६ जना प्रबन्धक र १९ जना उपप्रबन्धकका लागि विज्ञापन आह्वान गरेको छ । वाणिज्य बैंकले सहायक प्रबन्धक (प्रशासन, कानुन, सूचना प्रविधि, नगद), वरिष्ठ सहायक र सहायक पदमा ठूलो संख्यामा कर्मचारी मागेको हो ।
योग्यता पुगेका इच्छुक उम्मेदवारले ५ मंसिरभित्र दरखास्त दिइसक्नुपर्नेछ आइतबार गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरेको छ ।
बिज्ञापन सम्वन्धि थप जानकारी लिन यहाँ जानुहोस