जेन्सी । अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी बिहीबार आत्मसमर्पण गर्ने हुनु भएको छ ।
जर्जिया चुनावमा धोखाधडी गरेको आरोप लागेका ट्रम्पले सामाजिक सञ्जालमा स्टाटस लेख्दै बिहीबार आत्मसमर्पण गर्न लागेको जानकारी दिनुभएको हो ।
सोही दिन आफू गिरफ्तारीमा पर्नसक्ने पनि उहाँले बताउनुभएको छ । ट्रम्पले आत्मसमपर्ण गर्ने समाचार बाहिरिएपछी काउन्टी सेरिफ कार्यालयमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । ट्रम्प सहित उक्त मुद्दामा १८ जनाविरुद्ध जर्जिया चुनावमा गडबडी गरेको आरोप लागेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो मुद्दामा ट्रम्पलाई २ लाख अमेरिकी डलर जरिवाना तिर्नुपर्ने भनिएको छ । अभियोग लागेका १८ जनाले नै आत्मसमपर्ण गर्ने बताइएको छ ।