फ्रान्सका केही भू–भागमा गर्मीका कारण जनजीवन अस्तव्यस्त
253 पटक पढिएको
काठमाडौं । फ्रान्सका केही भू–भागमा गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । युरोपमा केही समययता अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको हो ।
गर्मी बढेसँगै स्वास्थ्य सुरक्षामा शतर्कता अपनाउन चेतावनी दिइएको छ । फ्रान्सका केही भू–भागमा यतिबेला तापक्रम ४० डिग्री सल्सियससम्म पुगेको छ । गर्मीले हुनसक्ने क्षतिलाई रोक्न १९ वटा फ्रान्सेली विभागहरू रेड अलर्टमा रहेका छन् ।
स्वास्थ्य अधिकारीहरूले स्वास्थ्य सुरक्षाका लागि विभिन्न उपायहरू अपनाउन आग्रह गरेका छन् । बाहिरका गतिविधि नगर्न, आगोबाट बच्न र डढेलो लाग्न नदिन शतर्क रहन आग्रह गरेका छन् । राष्ट्रिय मौसम विज्ञान निकाय मेटियो फ्रान्सका अनुसार यो यस वर्षकै धेरै गर्मी हो । गत सोमबार फ्रान्समा सन् १९४७ पछिकै सबैभन्दा धेरै गर्मी भएको थियो ।
ड्रोमको न्योन्समा ४२.२ डिग्री सेल्सियसको उच्च तापक्रम मापन गरिएको थियो ।