एजेन्सी । टर्कीको दक्षिणी भूमध्यसागरीय तटमा रहेको प्रमुख पर्यटकीय गन्तव्य अन्टाल्यामा जनवरी १ देखि अगस्ट २२ सम्म एक करोड विदेशी पर्यटकहरुले भ्रमण गरेका छन् ।
एक लाख भन्दा बढी पर्यटकहरु हवाई यात्राबाट आएको तथ्याङ्क सार्वजनिक भएको हो । स्थानीय संस्कृति तथा पर्यटन अधिकारीहरुले शुक्रवार यसबारेमा जानकारी गराएका थिए ।
अघिल्लो वर्षको तुलनामा जनवरी १ देखि अगस्ट २३ सम्म २० प्रतिशतले पर्यटकको सङ्ख्या बढेको हो । अगस्ट १ देखि १८ सम्म करिव १८ लाख ८८ हजार विदेशी पर्यटकहरु अन्टाल्या भ्रमणमा पुगेका छन् । यो सङ्ख्या गएको वर्षको यही समयावधिको तुलनामा १० प्रतिशतले बढी हो ।
पर्यटन क्षेत्र टर्कीको मुख्य आर्थिक आयस्रोत हो । पर्यटनले टर्कीमा देशको कुल गार्हस्थ उत्पादनमा करिव १० प्रतिशत योगदान दिन्छ ।
पर्यटनले टर्कीमा करिब १७ लाख मानिसलाई रोजगारी दिएको छ ।