एमसीसी कार्यान्वयनविरुद्ध विप्लव नेकपाले सङ्घर्ष गर्ने
108 पटक पढिएको
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरणको सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ । आज बिहान बसेको सो पार्टीको स्थायी कमिटी बैठकले गोष्ठी र मार्चपास अभियानसहितका संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।
काठमाडौँको लप्सेफेदीबाट धादिड, नुवाकोट, मकवानपुर, नवलपरासी, रुपन्देही लगायतका जिल्लामा अन्तरक्रिया र गोष्ठी हुनेछन् । ती कार्यक्रम सकभर देशभक्तहरूको संयुक्त रूपमा आयोजना गरिने र यदि त्यसो नभए पनि नेकपाले एकल रूपमा गोष्ठी र अन्तरक्रीयाहरु गर्ने नेता अनिल शर्माले बताउनुभयो ।
कार्यक्रम यहि भदौ १९ देखि २३ गते सम्म हुनेछन् । शर्माका अनुसार असोज १ देखि १५ गतेसम्म एमसीसीविरुद्ध मार्चपास अभियान चलाउने पनि बैठकले निर्णय गरेको छ । गोष्ठीको कार्यक्रम सकिएपछि असोज १ देखि १५ गतेसम्म एमसीसीविरुद्ध मार्चपास अभियान सुरु गर्ने शर्माले जानकारी दिनुभयो ।
त्यसमा सामना सांस्कृतिक परिवार र कलाकार माइला लामासहितको टोली पनि सहभागी हुनेछ । पहिलो चरणको कार्यक्रम सकिएपछि स्थायी कमिटी बैठक बसेर दोस्रो चरणको कार्यक्रम तय गर्ने सो पार्टीले जनाएको छ ।