४४ वर्षीया मधेस प्रदेश सभाकी सांसद यादवकाे निधन
91 पटक पढिएको
काठमाण्डाै – मधेस प्रदेश सभाकी सांसद बिन्दुकुमारी यादवको निधन भएको छ ।
पाठेघरको मुखको क्यान्सरबाट पीडित ४४ वर्षीया यादवको उपचारका क्रममा बिहान निधन भएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ ।
यादव १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको अति सघन कक्षमा उपचाररत हुनुहुन्थ्यो । यादव जनता समाजवादी पार्टी, नेपालका तर्फबाट समानुपातिक सांसद बन्नुभएको थियो ।