संचारकर्मी कार्की काठमाण्डौमा सम्मानित
763 पटक पढिएको
काठमाडौं/धादिङ जिल्लामा रहेर सक्रिय पत्रकारिता गर्दै आईरहनुभएका रामेश्वर कार्की सम्मानित हुनु भएको छ । विपन्न बालबालिकालाई छात्रवृत्ति प्रदान गरी शिक्षाको अवसर प्रदान गर्दै आएको “लौन केही गरौं”नामक संस्थाले मंगलबार काठमाडौंको सुकेधारामा कार्यक्रमको आयोजना गरी कार्कीलाई सम्मान गरेको हो ।
धादिङ जिल्लालाई कार्यक्षेत्र बनाई खोजमुलक पत्रकारिता मार्फत समाजमा किनारामा परेका समुदायको बिषयवस्तुलाई उजागर गरेर उल्लेखनिय योगदान पु¥याए वापत १० हजार नगद सहित कार्कीलाई सम्मान गरिएको हो । विपन्न बालबालिकाको पढाईका लागि सहयोग जुटाउन आयोजित तीज बजार मेला कार्यक्रममा लौन केही गरौंकी अध्यक्ष सुनिता गुरुङ र इमेज ग्रुपकी अध्यक्ष इन्दिरा मानन्धरले नगद सहित सम्मान पत्र दिनुभएको थियो । कार्की नागरिक दैनिकको धादिङ जिल्ला समाचारदाताका रुपमा क्रियाशिल हुनुहुन्छ ।