एजेन्सी । जलवायुसम्बन्धी विपद्का कारण फिलिपिन्समा सन् २०१६ देखि २०२१ सम्ममा झण्डै एक करोड बालबालिका विस्थापित भएका संयुक्त राष्ट्रसङ्घीय बाल कोष (यूनिसेफ) ले जनाएको छ ।
सार्वजनिक प्रतिवेदनको तथ्याङ्कअनुसार फिलिपिन्समा पाँच वर्षको अवधिमा बाढी, आँधीबेहरी, खडेरी र डढेलोका कारण ९७ लाख बालबालिका विस्थापित भएका छन् । फिलिपिन्समा बर्सेनि औसत २० वटा आँधीबेहरी आउने गरेको छन् ।
वपद्का बेला विस्थापित हुँदा सबैभन्दा जोखिममा बालबालिका पर्ने गरेका युनिसेफले जनाएको छ । फिलिपिन्सका लागि युनिसेफका प्रतिनिधि ओयुनसाइखान डेन्डेभनोरोभले जोखिममा रहेका बालबालिकाको संरक्षण र विस्थापितलाई सहयोग गर्ने प्रयासलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
फिलिपिन्समा आउँदो ३० वर्षमा आँधीबेहरीका कारण थप २५ लाख बालबालिका विस्थापित हुने खतरा रहेको अनुमान गरिएको छ ।